कैलाली क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सुरु
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्वास्थ्य तालिम केन्द्रमा केही बेरअघिदेखि बैठक सुरु भएको हो ।
यस क्षेत्रका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिसकिएका छन्।
सर्वदलीय बैठकमा मतगणनाका नियमहरू, प्रतिनिधिहरूको व्यवस्थापन र समय तालिका बारे छलफल भइरहेको छ। बैठकको निर्णय अनुसार मतगणना हुनेछ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा गरी कुल १६ वटा निर्वाचन क्षेत्रहरू रहेका छन्। सबै क्षेत्रहरूमा मतपेटिका सङ्कलन कार्य सम्पन्न भए पनि अहिलेसम्म प्रदेशको कुनै पनि क्षेत्रमा मतगणना भने सुरु हुन सकेको छैन।
अधिकांश क्षेत्रहरूमा अहिले सर्वदलीय बैठक बस्ने र मतगणनाको आन्तरिक तयारी गर्ने काम भइरहेको बुझिएको छ। कतिपय ठाउँमा भोलि मतगणना हुनेछ भने केही ठाउँमा राति नै मतगणना सुरु हुने सम्भावना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण