देउवाको जिल्लामा रास्वपाका जोशीको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : १५
सारांश
- डडेलधुरामा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा रास्वपाका ताराप्रसाद जोशीले अग्रता लिएका छन्।
- जोशीले ४७८ मत प्राप्त गर्दा नेकपाका मानसिंह माल २९१ मत सहित दोस्रो स्थानमा छन्।
- कांग्रेसका नैनसिंह महर र एमालेका चक्रप्रसाद स्नेही पछि परेका छन्।
धनगढी । डडेलधुरामा मतगणनाको प्रारम्भिक पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले अग्रता कायम गरेका छन्।
सार्वजनिक मतपरिणाम अनुसार जोशीले ४७८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले २९१ मत सहित पछ्याइरहेका छन्।
परम्परागत ठुला दलहरू भने प्रारम्भिक गणनामा पछाडि देखिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महर ले २७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले १५२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण