इरानविरुद्ध एपिक फ्युरीमा क्यानडा सामेल नहुने
सारांश
- क्यानडाले पर्सियन खाडी क्षेत्रका साझेदार देशहरूलाई सुरक्षा सहयोगबारे विचार गर्ने संकेत दिएको छ।
- क्यानडाले इरानविरुद्धको 'अपरेशन एपिक फ्युरी' मा भने सहभागी नहुने जनाएको छ।
- क्यानडाकी सेना प्रमुखले आत्मरक्षाको दायराभित्र रहेर सहयोग गर्ने बताइन्।
क्यानडा । क्यानडाले पर्सियन खाडी क्षेत्रका साझेदार देशहरूको सुरक्षा सहयोगबारे विचार गर्न सक्ने संकेत दिएको छ । तर इरानविरुद्ध चलिरहेको ‘अपरेशन एपिक फ्युरी’मा सहभागी नहुने स्पष्ट पारेको छ । क्यानडाको सेनाका प्रमुख जेनी कारिग्ननले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पर्सियन खाडी क्षेत्रमा रहेका साझेदार राष्ट्रहरूलाई आवश्यक परे सहयोग दिन सकिने बताएकी हुन् । तर कस्तो प्रकारको सहयोग हुने भन्ने उनले स्पष्ट खुलाइनन् ।
उनले भनिन्, ‘अहिले त्यहाँ सशस्त्र द्वन्द्व चलिरहेको छ, त्यसैले सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । यदि कुनै देशमाथि आक्रमण हुन्छ भने उनीहरूले आत्मरक्षाका उपाय अपनाउन सक्छन् । त्यसैले कुनै पनि सम्भावित सहयोग आत्मरक्षाको दायराभित्रै हुनुपर्छ ।’ तर उनले क्यानडाले इरानविरुद्धको अमेरिकी नेतृत्वको सैन्य अभियान अपरेशन एपिक फ्युरीमा प्रत्यक्ष रूपमा सहभागी हुनेबारे कुनै छलफल नभएको स्पष्ट गरिन् ।
कारिग्नानको कार्यालयका अनुसार उनले शुक्रबार युरोपका आफ्ना समकक्षीहरूसँग सम्भावित क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण