दैलेख-१ मा सुर्य र सुर्खेत-२ मा रुखलाई उछिन्यो घण्टीले
सारांश
- कर्णालीका दुई निर्वाचन क्षेत्रमा रास्वपा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ।
- दैलेख-१ मा एमालेलाई पछि पार्दै रास्वपा दोस्रो स्थानमा उक्लिएको छ, जहाँ कांग्रेस अग्रस्थानमा छ।
- सुर्खेत-२ मा पनि रास्वपाले कांग्रेसलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको छ, जहाँ एमाले अग्रस्थानमा छ।
सुर्खेत । परम्परागत राजनीतिको थलोका रूपमा रहेको कर्णालीका दुई वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो नम्बरका लागि प्रतिस्पर्धा गरिरहेको छ ।
पछिल्लो मतरिणाम अनुसार, दैलेख—१ मा एमालेको सूर्यलाई उछिन्दै घण्टी दोस्रोको प्रतिस्पर्धामा आएको छ । यहाँ कांग्रेसकी बासना थापा सुरुवातदेखि नै निरन्तर अगाडी छिन् भने यसअघि एमालेका रवीन्द्र शर्मा दोस्रोमा थिए ।
तर ९ हजार ५०० मत गणना गर्दा रास्वपाका नन्दकिशोर बस्नेतले रवीन्द्रलाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएका छन् । कांग्रेसकी बासनाले २ हजार ९७४ मत पाउँदा रास्वपाका बस्नेतले २ हजार ४२४ मत पाएका छन् ।
यस्तै, तेस्रोमा एमालेका शर्माले २ हजार ३२९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका चर्चित नेता मानिएका अम्मरबहादुर थापा भने यो पटक निकै पुछारमा छन् ।
यता, सुर्खेत—२ मा रास्वपाले दोस्रो नम्बरमा प्रतिस्पर्धा गरिरहेको नेपाली कांग्रेसलाई पछि पार्दै आफू दुई नम्बरमा उक्लिएको छ । पछिल्लो मतपरिणाम अनुसार, एमालेका कुलमणि देवकोटाले यहाँ लिड गरिरहेका छन् ।
देवकोटाले १ हजार ६८ मत पाउँदा रास्वपाका रमेशकुमार सापकोटाले दोस्रो नम्बरमा ९१९ मत प्राप्त गरेका छन् । यसअघि दोस्रो नम्बरमा मत पाएका कांग्रेसका नारायण कोइरालाले ८८९ मत मात्रै प्राप्त गरेका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बा झकबहादुर मल्ले ३७१ मत मात्रै पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण