पर्सा— २ मा रास्वपाका अग्रता, चौरसिया तेस्रो
शुक्रबार, २२ फागुन २०८२, १४ : ३८
सारांश
- पर्सा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशीलकुमार कानुले अग्रता लिएका छन्।
- निर्वाचन अधिकृतका अनुसार, हालसम्म २३४७ मतगणना हुँदा एमालेकी रिमा यादव दोस्रो स्थानमा छिन्।
- यहाँ १७ दल र १२ स्वतन्त्र गरी ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
पर्सा । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन् ।
निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ३३० मत प्राप्त गरेका छन् ।
यहाँ विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण