हर्क आफैँ संकटमा पर्दा उनको पार्टीबाट कोशीका ६ क्षेत्रमा अग्रता
सारांश
- कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
- सुनसरी १ मा हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् भने इलाम २, धनकुटा, पाँचथर, भोजपुर र खोटाङमा अन्य उम्मेदवारहरू अगाडि छन्।
- विभिन्न क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्, जसमा सुदीप राई, सानबहादुर राई, र हस्तराज शेर्मा लगायत छन्।
विराटनगर । कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
सुनसरी १ मा उम्मेदवार रहेका साम्पाङ आफैँ भने दोस्रो स्थानमा रहँदा सो पार्टीका उदयपुर १, इलाम २, पाँचथर, भोजपुर, खोटाङ र धनकुटाका उम्मेदवारले अग्रता लिएका हुन् । सुनसरी १ मा रास्वपाबाट गोमा तामाङ सरिनले १ हजार १५ मत ल्याउँदा हर्कले भने ३ सय ३ मत ल्याएका छन् ।
इलाम २ मा सुदीप राईले १ हजार ५०४ मतसहित अग्रता लिएका छन् । उनले एमालेका सुहाङ नेम्बाङलाई पछि पारेका छन् । चुलाचुली ४, ५, ६ को मत गणना सकिँदा राईले १ हजार ५०४ मत ल्याएका छन्। एमालेका सुहाङले १ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भेषराज आचार्यले ७३३ मत ल्याएका छन् ।
धनकुटामा सानबहादुर राई २८५१ मतसहित अघि छन् । उनले एमालेकै राजेन्द्रकुमार राईलाई पछाडि पारेका छन् । पाँचथरमा हस्तराज शेर्मा ६५६ मतसहित अगाडि छन् । उनले काँग्रेसका नरेन्द्र केरुङलाई पछि पारेका छन् । उनको मत ४६२ छ ।
उता खोटाङमा ५०० गन्दा माटो चिन्ह बाहक श्रम संस्कृतिका आरेन राईले २१४ मत पाएका छन् । जिल्लामा काँग्रेसका विरकाजी राईले ११० मत पाएका छन् ।
यस्तै भोजपुरमा अहिलेसम्म गणना भएको १९३५ मतमा संस्कृतिका ध्रुबराज राईले ४६७ मतसहित अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका शेरधन राईले ४६० मत पाएका छन् ।
उता उदयपुर क्षेत्र नं. २ मा संस्कृतिकै बलराज राईले ५२९ मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ३८० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण