सुनसरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
काठमाडौं । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । सुनसरी-१ मा रास्वपाकी गोमा तामाङले २ हजार ६२ मत ल्याउँदै श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग फराकिलो मतान्तर बनाएकी छन् । साम्पाङले ८१६ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ४४१ मत, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले २६८ मत, राप्रपाका उद्धव श्रेष्ठले २५३ मत र उज्यालो नेपाल पार्टीका डम्बर लावतीले १७ मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ मा पनि रास्वपा लालविक्रम थापाले ४ हजार ५३ मत ल्याउँदै फराकिलो अग्रता बनाएका छन् । कांग्रेसका राजीव कोइरालाले २ हजार १७० मत ल्याउँदा एमालेका सुजन लामाले ३३० मत मात्रै पाएका छन् । जसपा नेपालका रामचन्द्र मेहताले ११९ मत ल्याएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ मा रास्वपाका अशोककुमार चौधरीले फराकिलो मतान्तर बनाएका छन् । उनले ७ हजार ८८२ मत पाउँदा कांग्रेसका विजय गच्छदारले ३ हजार २१२ मत ल्याएका छन् । एमालेकी भगवती चौधरीले २ हजार ३०९ मत, नेपाली कम्युनिस्ट पार्टीका दुर्गेशकुमार चौधरी १९० मत र सार्वभौम पार्टीका कृष्णकुमार चौधरीले ११३ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ४ मा रास्वपाका दीपकुमार साहले अग्रता बनाएका छन् । उनले ८८२ मत ल्याउँदा कांग्रेसका ज्ञानेन्द्र कार्कीले ५१७ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका महम्मद महफुज अन्सारीले ३९५ मत, एमालेका जगदीशप्रसाद कुसियैतले २३२ मत र जसपा नेपालकी सविता यादवले २८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण