काठमाडौँ–७ बाट दोस्रो पटक विजयी भए गणेश पराजुली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौँ क्षेत्र नं ७ बाट दोस्रो पटक विजयी भएका छन्। उनले भारी मतका साथ आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि पार्दै जित हासिल गरेका हुन् ।
पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९ सय ८२ मत मात्र पाए। पराजुलीले गुरागाईंलाई २३ हजार ८ सय २३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टीका वसन्त प्रसाद मानन्धरले ३ हजार ६ सय ६७ र नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५ सय ४४ मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीकी विमला लामाले १ हजार ३ सय ८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल कुमार लामाले १ हजार ३ सय ८१ मत ल्याए। अन्य उम्मेदवारहरूले भने निकै कम मत पाएका छन् ।
२०७९ को निर्वाचनमा पनि पराजुली यही क्षेत्रबाट विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण