शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेशसभा त्यागेका सुनिल काठमाडौँ–२ बाट प्रतिनिधिसभामा

शनिबार, २३ फागुन २०८२, ०८ : ४०
शनिबार, २३ फागुन २०८२

सारांश

  • रास्वपाका सुनिल केसी काठमाडौँ-२ बाट विजयी भएका छन्, उनले ३४ हजार २३८ मत प्राप्त गरे।
  • केसीले कांग्रेसका कवीर राणा, राप्रपाकी कुन्ती पोखरेल र एमालेका मणि फुयाललाई पराजित गरे।
  • बालेन शाहको समर्थनमा केसीले चुनाव जिते, तर प्रदेशसभामा उनको भूमिका निष्क्रिय जस्तै देखिएको थियो।

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवार सुनिल केसी विजयी भएका छन् । पहिले राप्रपाको राजनीति गर्ने केसीले रास्वपाका वरिष्ठ नेता बालेन शाहको साथ र समर्थनमा काठमाडौँ–२ मा विजयी भएका हुन् । 

केसी काठमाडौँ–२ मा ३४ हजार २३८ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका कवीर राणाले ८ हजार ८७४ मत, राप्रपाका कुन्ती पोखरेलले ५२१० मत र एमालेका मणि फुयालले ४ हजार ७५९ मत ल्याए ।

२०७९ को निर्वाचनमा राप्रपाबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका केसीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले आफ्नो पदबाट राजीनामा दिएका थिए । बालेनको बलियो साथका कारण २०७९ को निर्वाचनमा रास्वपाकी सोविता गौतमले जितेको उक्त क्षेत्रमा केसीले टिकट पाएका थिए ।

गौतमलाई काठमाडौँबाट चितवन झारेर काठमाडौँ–२ मा टिकट दिइएका उम्मेदवार केसीले प्रदेशसभामा निर्वाह गरेको ३ वर्षको कार्यकाल निष्क्रिय जस्तै देखिन्छ । संसद्मा उनको भूमिका खासै देखिँदैन । 

३ वर्षको अवधिमा उनी न संसद्मा बोल्न गए न नागरिकको समस्यामा हाजिर भए । बालेन काठमाडौँको मेयर निर्वाचित भएदेखि नै उनी महानगरपालिकामा केन्द्रित भए । प्रदेशसभाले विधेयक पारित गर्दा होस् वा बजेट केसी उपस्थित हुँदैन थिए । सरकार गठनको समयमा छिटपुट रूपमा संसद्मा हाजिर भएका केसीको बागमती प्रदेशसभाको रेकर्डमा पछिल्लो २ वर्षमा ५ पटक उपस्थिति देखिन्छ भने सम्बोधन शून्य । 

केसीले २०७९ को प्रदेशसभाको निर्वाचनमा काठमाडौँ–२ (क) बाट निर्वाचित हुँदै एमालेका सानुकमार श्रेष्ठलाई पराजित गरेका थिए । सो निर्वाचनमा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका थिए । 

केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका थिए । श्रेष्ठ बागमती प्रदेशका पूर्व सभामुख हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप