रास्वपाका ७ उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा ७ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएका छन्, जसमा रास्वपाका उम्मेदवारहरू छन्।
- बालेन्द्र शाहले सबैभन्दा बढी मत ल्याएका छन् भने सोविता गौतम, लेखजंग थापा, सुलभ खरेल, रुबिना आचार्य, बदनकुमार भण्डारी र रवि लामिछानेले पनि उल्लेख्य मतका साथ चुनाव जिते।
- विभिन्न क्षेत्रका यी उम्मेदवारहरूले प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गरे।
काठमाडौँ । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म ७ उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएका छन् । ती सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भएका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा बढी मत ल्याउनेमा झापा–५ का उम्मेदवार बालेन्द्र शाह छन् । उनी विजयी भएको नतिजा भने आएको छैन । शाहले यो समाचार तयार पार्ने बेलासम्म ५९ हजार ५६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १६ हजार ३५० मत ल्याएका छन् ।
चितवन–३ बाट रास्वपाकै सोविता गौतमले ५९ हजार २७७ मत प्राप्त गरेर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीकी रेणु दाहालले २० हजार ६१५ मत ल्याइन् ।
रुपन्देही–३ मा लेखजंग थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत ल्याए ।
रुपन्देही–२ मा सुलभ खरेलले ५६ हजार ५५० मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत पाए।
मोरङ–६ मा रुबिना आचार्यले ५५ हजार ५१३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला १२ हजार ८५० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भए ।
काभ्रे–२ बाट बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरेर निर्वाचित भए । नेपाली कांग्रेसका मधु आचार्य १७ हजार ८६८ मत पाएर निकटतम प्रतिद्वन्द्वी भए ।
चितवन–२ मा रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भए । कांग्रेसकी मिना खरेल १४ हजार ५६४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण