‘जेनजी आन्दोलनमा नेतृत्व गरे, २६ वर्षमै सांसद बने’
सारांश
- मनिष खनाल, जेनजी आन्दोलनका नेता, चुनाव जितेर संसद प्रवेश गर्दैछन्।
- २६ वर्षीय मनिषले २५ हजारभन्दा बढी मतले जित हासिल गरे, पुरानो दलको गढ भत्काए।
- कानुन व्यवसायी र शिक्षक खनालले जेनजी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
पोखरा । नेपालको संसदीय इतिहासमा विरलै देखिने अनुहार हुन् मनिष खनाल । देशको शासनप्रति विरक्तिएका युवाको आवाज लिएर सडकमा झरेका उनी जेनजी विद्रोहपछि भएको चुनावबाट संसद प्रवेश गर्दैछन् । जेनजी आन्दोलनमा नेतृत्व गरेका र सरकारसँगको सम्झौता लेखेका उनै मनिष सांसदका रुपमा निर्वाचित भए ।
गण्डकी प्रदेशकै कान्छा उम्मेदवारका रूपमा चर्चामा रहेका २६ वर्षीय जेनजी युवा मनिषले २५ हजार ५ सय ९२ मतको फराकिलो अन्तरले जित निकालेका हुन् । उनले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका तिलक महतले १५ हजार ७ सय ५५ मत मात्र पाए ।
नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती १४ हजार ७ सय १३ मतमा सीमित भए । गत निर्वाचनमा यहाँबाट काँग्रेसका विष्णुकुमार कार्की विजयी भएका थिए भने २०७४ मा एमालेका तिलक महत नै विजयी भएका थिए । विगतका निर्वाचनहरूमा नेकपा एमाले र नेपाली कांग्रेसको आलोपालो चलिरहने नवलपुर २ मा यसपटक मनिषले पूराना दलको गढ भत्काएर आफ्नो किल्ला गाडे ।
को हुन् मनिष ?
नवलपुरका स्थायी बासिन्दा मनिष पेशाले अधिवक्ता र शिक्षक हुन् । भदौ २३ को जेनजी आन्दोलनमा उनी अग्रपंक्तिमा थिए । नेपाल जेनजी फ्रन्टका संवाद समिति संयोजक समेत रहेका खनालले सरकार र आन्दोलनरत पक्षबीच भएको सम्झौताको मस्यौदा तयार पार्न मुख्य भूमिका खेलेका थिए । कानुनका विद्यार्थी र अधिवक्ता भएकै कारण उनले आन्दोलनलाई निष्कर्षमा पुर्याउन सघाए ।
उनले यसअघि संघीय सांसद असीम शाहको सचिवालय प्रमुखका रूपमा काम गरे । युवा तथा खेलकुद मन्त्रालयमा परामर्शदाताका रूपमा राष्ट्रिय खेलकुद विकास ऐन संशोधनमा समेत उनले काम गरेका छन् । २०७२ सालमा नवलपुरकै सामुदायिक विद्यालयबाट एसएलसी पास गरेका मनिष २०७३ देखि विवेकशील नेपाली दलमार्फत राजनीतिमा लागेका हुन् ।
सांसदका रुपमा निर्वाचित भएपछि खनालले आफ्नो कार्यकाल जेनजी विद्रोहका मागहरूलाई संस्थागत गर्नमा केन्द्रित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण