नवनिर्वाचित प्रतिनिधिसभा सदस्य झाद्वारा जनचाहनाअनुसार काम प्रतिबद्धता
सारांश
- नवनिर्वाचित सांसद झाले जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
- उनले सबैको सहयोग र मार्गदर्शनबाट जनहितमा काम गर्ने बताए।
- निधिसँगको भेटमा उनले आगामी दिनमा सहयोगको अपेक्षा राखे।
धनुषा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं ३ बाट नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आगामी दिनमा जनचाहनाअनुसार सैद्धान्तिक एवं व्यावहारिक काम गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
जनकपुरधाममा शनिबार एक कार्यक्रममा उनले सबैको सहयोग, समन्वय र मागदर्शनबाट जनहित र मुलुकको लागि काम गर्ने बताए । नवनिर्वाचित सदस्य झाले जनताले ठुलो अभिभारा र जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्न आफू सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने धारणा राखे ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिसँगको भेटघाटमा झाले निधिको राजनीति तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै आगामी दिनमा उनको सहयोग र मार्गदर्शन आफूलाई आवश्यक पर्ने बताए । “हारजित निर्वाचनमा एउटा प्रक्रिया हो । यसले लोकतन्त्रलाई मजबुत बनाउँछ । निर्वाचनको परिणाम सबैले स्वीकार गर्नुपर्छ”, उनले भने ।
सोही भेटको क्रममा नेता निधिले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य झालाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले धनुषाको प्रतिनिधिसभा क्षेत्र नं ३ का जनताले ठुलो आशा, भरोसा र विश्वासका साथ निर्वाचित गराएकाले जनताको अपेक्षा, चाहना र आवश्यकतालाई पूरा गर्नुपर्नेमा जोड दिए ।
यसअघि झाले शनिवार नै जानकी मन्दिरमा गई पूजा आराधना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण