बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तालाबन्दी

३ बुँदे माग राख्दै एन्फामा खेलाडी सङ्घको तालाबन्दी

आइतबार, २४ फागुन २०८२, १४ : ३९
आइतबार, २४ फागुन २०८२

 काठमाडौँ । फुटबल खेलाडीहरूले फुटबल सङ्घ एन्फाको मुख्यालयमा तालाबन्दी गरेका छन् । नेपाल फुटबल खेलाडी सङ्घको अगुवाइमा आइतबार एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् । 

anfa talabandi (1)

संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फाविरुद्ध चरणबद्ध रूपमा विभिन्न माग राख्दै आइरहेको छ । पटक–पटक वार्ता र सडक सङ्घर्षका बाबजुद पनि आफ्ना जायज मागहरू बेवास्ता गरेका कारण ३ बुँदे माग पूरा नगरेसम्म तालाबन्दी जारी राख्ने सङ्घले जारी गरेको विज्ञप्तिमा छ ।

anfa talabandi (2)

विज्ञप्ति

नेपाल फुटबल खेलाडी सङ्घले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फाविरुद्ध चरणबद्ध रूपमा विभिन्न माग राख्दै आइरहेको छ। पटक-पटक वार्ता र सडक सङ्घर्षका बाबजुद पनि हाम्रो जायज मागहरू एन्फाले बेवास्ता गरेका कारण आजदेखि हाम्रा निम्न मागहरू पूरा नगरेसम्म अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयमा तालाबन्दी गर्ने निर्णय गरेका छौ ।

हाम्रा मागहरू :

१) सहिद स्मारक डिभिजन लिगको सञ्चालनको निश्चितता जसमा ए डिभिजनको मिति तोक्नै पर्ने (एन्फाले बचन दिएकी मिति भित्रको)

२) खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित)

३) खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नु पर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब : भत्ता: जुन हालको कार्यसमितिको बैठक बाट पनि पास गरिएको थियो ।

अन्ततः उल्लेखित मागहरूमाथि उचित कार्यान्वयन नहुँदै सङ्घले लगाएको यस तालाबन्दी हाम्रो सहमतिविना खोलेमा यसबाट आइपर्ने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं एन्फा नै हुनेछ ।

anfa talabandi (3)anfa talabandi (4)anfa talabandi (5)anfa talabandi (6)anfa talabandi (7)anfa talabandi (8)anfa talabandi (9)anfa talabandi (10)anfa talabandi (11)anfa talabandi (12)anfa talabandi (13)anfa talabandi (14)anfa talabandi (15)anfa talabandi (16)anfa talabandi (17)anfa talabandi (18)anfa talabandi (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप