इलाम–१ मा निश्कल राईले बढाए अग्रता
सोमबार, २५ फागुन २०८२, ०९ : ५३
सारांश
- इलाम-१ मा जारी मतगणनामा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
- कांग्रेसका निश्कल राईले १२ हजार १३० मत ल्याएर अग्रता लिएका छन् भने श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले ११ हजार ५९१ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका काजी मान कागते र राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल पनि प्रतिस्पर्धामा छन्।
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो ।
पछिल्लो मत परिणाममा कांग्रेसले अग्रता केही बढाएको छ । कांग्रेसका निश्कल राईले १२ हजार १३० मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले ११ हजार ५९१ मत ल्याएका छन् । दुईबिचको अन्तर ५३९ मत पुगेको छ । लिम्बुलाई सुर्योदय–८ मा केही धक्का लागेको थियो ।
नेकपा एमालेका काजी मान कागतेले १० हजार ९०५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार ९३६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई ६ हजार ३५७ मतसहित पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण