पुतलीसडक-बागबजार सडक खण्डमा कल्भर्ट निर्माण सुरु, सवारी आवागमन पूर्ण बन्द
सारांश
- काठमाडौँ महानगरपालिकाले पुतलीसडक खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरेको छ।
- यो कल्भर्ट ५ मिटर सडकतर्फ र १४ मिटर पानी बग्ने तर्फ लामो हुनेछ।
- ५७ लाख ७२ हजार ६९४ रुपैयाँको लागतमा बन्ने यो कल्भर्टले डुबानको समस्या समाधान गर्नेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण कार्य सुरु गरेको छ। कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेडसँग सम्झौता भएको हो।

यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटर लामो हुनेछ। निर्माण कार्य सुरु भएसँगै सो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

डिल्लीबजार पुतलीसडक चोकबाट बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ। ५७ लाख ७२ हजार ६९४ रुपैयाँको लागतमा निर्माण हुन लागेको यो परियोजनाले सो क्षेत्रमा बर्खायाममा हुने डुबानको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

अहिले त्यहाँ पानीको निकासका लागि अस्थायी रूपमा ह्युम पाइप राखिने तयारी छ। कल्भर्ट निर्माणको क्रममा सो सडक भएर हिँड्ने सर्वसाधारणले जोखिम मोल्नु परेकाले महानगरले अहिले पैदल यात्रीलाई समेत त्यस क्षेत्रमा हिँड्न निषेध गरेको छ। निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएको समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको महानगरले जनाएको छ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण