बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रिलिज अगावै धुरन्धर २ ले तोड्यो स्त्री २ र बागी ४ को रेकर्ड

सोमबार, २५ फागुन २०८२, १३ : ५३
सोमबार, २५ फागुन २०८२

सारांश

  • आदित्य धरको फिल्म 'धुरन्धर २' ले प्रिमियर शोबाटै करोडौंको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको छ।
  • फिल्मले रिलिज अगावै धेरै बलिउड फिल्मको ओपनिङ कलेक्सनलाई उछिनेको छ, जसले बक्स अफिसमा राम्रो प्रभाव पारेको छ।
  • 'धुरन्धर २' मा रणवीर सिंह दुई फरक अवतारमा देखिनेछन्, र यो फिल्म मार्च १९, २०२६ मा रिलिज हुनेछ।

मुम्बई । आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘धुरन्धर’ को सफलतापछि यसको सिक्वेल ‘धुरन्धर: द रिभेन्ज’ लाई लिएर दर्शकमा ठुलो उत्साह देखिएको छ। मार्च १८ मा हुने केही विशेष प्रिमियर शोका लागि खुला गरिएको एडभान्स बुकिङले नै बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ। 

फिल्मले रिलिज हुनुअगावै प्रिमियर शोबाट मात्र करोडौँको व्यापार गरेर धेरै बलिउड फिल्मको ओपनिङ कलेक्सनलाई उछिनेको छ। गत मार्च ७ मा ट्रेलर सार्वजनिक भएलगत्तै सुरु भएको बुकिङको पहिलो २४ घण्टामा मात्रै 'बुकमायशो' प्लेटफर्मबाट झण्डै ८७ हजार टिकट बिक्री भएका थिए। 

मार्च ९ सम्म आइपुग्दा यो सङ्ख्या १ लाख ५० हजार नाघेको छ। बक्स अफिस तथ्याङ्क राख्ने सकनिल्कका अनुसार देशभर प्रिमियर शोका लागि अहिलेसम्म करिब २ लाख ६ हजार टिकट बिक्री भइसकेका छन्, जसबाट फिल्मले १२.२९ करोड भारु संकलन गरिसकेको छ। 

यो कमाइमा हिन्दी भर्सनको हिस्सा ठुलो भए पनि तमिल डब भर्सनले पनि १० लाखभन्दा बढीको व्यापार गरेर सुखद सङ्केत दिएको छ।

यससँगै ‘धुरन्धर २’ प्रिमियर शोबाट सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको छ। यसअघि यो रेकर्ड ‘स्त्री २’ को नाममा थियो, जसले प्रिमियरबाट १० करोड कमाएको थियो। फिल्मको यो कमाइ शाहिद कपुरको ‘ओ रोमियो’ (९ करोड) र टाइगर श्राफको ‘बागी ४’ (१२ करोड) को पहिलो दिनको कलेक्सनभन्दा पनि बढी हो।

फिल्मको ट्रेलरमा रणवीर सिंह पुनः दुई भिन्न अवतारमा देखिएका छन्। उनी जस्किरत सिंह रङ्गी र हमजा अली मजारी दुवै भूमिकामा प्रस्तुत भएका छन् भने आर माधवनको पात्र अजय सन्याल पनि यस पटक थप सशक्त भूमिकामा देखिनेछन्। 

आदित्य धरको स्पाइ-एक्सन सिरिजको यो फिल्म ‘धुरन्धर २: द रिभेन्ज’ मार्च १९, २०२६ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप