इरानी महिला खेलाडीलाई अस्ट्रेलियामै शरण दिन माग
सारांश
- एसियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीको सुरक्षाको विषयमा विश्वव्यापी चिन्ता बढेको छ।
- इरानी खेलाडीहरूले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि उनीहरूलाई स्वदेश फर्किँदा कडा सजायको माग गरिएको छ।
- अस्ट्रेलियामा रहेका इरानी समुदायले पुरानो झण्डा फहराउँदै खेलाडीलाई समर्थन जनाएका थिए, र खेलाडीहरूलाई राजनीतिक शरण दिन दबाब बढेको छ।
काठमाडाैँ। अस्ट्रेलियामा सम्पन्न एसियन कपबाट बाहिरिएसँगै इरानी महिला फुटबल टोलीको सुरक्षालाई लिएर विश्वव्यापी चिन्ता बढेको छ। फुटबलका नियामक निकाय र अस्ट्रेलियाली अधिकारीहरूलाई उनीहरूको स्वदेश फिर्तीअघि सुरक्षा सुनिश्चित गर्न मानवअधिकारवादीहरूले आग्रह गरेका हुन्।
आइतबार साँझ गोल्ड कोस्टमा भएको खेलपछि सयौँ समर्थकले इरानी टोलीको बसलाई घेरेर ‘हाम्रा चेलीहरूलाई बचाउ’ भन्दै नाराबाजी गरेका थिए।
गत हप्ता दक्षिण कोरियाविरुद्धको पहिलो खेलमा इरानी खेलाडीहरूले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि उनीहरूको सुरक्षालाई लिएर डर पैदा भएको हो। इरानभित्रका अनुदारवादी टिप्पणीकारहरूले उनीहरूलाई युद्धकालीन गद्दारको संज्ञा दिँदै कडा सजायको माग गरेका छन्।
अस्ट्रेलियाली पुरुष टोलीका पूर्व कप्तान एवं मानवअधिकारवादी क्रेग फोस्टरले खेलाडीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले फिफा र एसियाली फुटबल महासंघ ९एएफसी० ले खेलाडीहरूको सुरक्षा र उनीहरूलाई आफ्नो कुरा राख्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।
दोस्रो र तेस्रो खेलमा भने इरानी खेलाडीहरूले राष्ट्रिय गान गाएका थिए। तर, समर्थकहरूले टोलीको साथमा आएका इरानी रिभोलुसनरी गार्डका सदस्यहरूको दबाब र धम्कीका कारण उनीहरू गाउन बाध्य भएको आशंका गरेका छन्।
अस्ट्रेलियामा रहेका इरानी समुदायले रंगशालामा इरानको पुरानो झण्डा ९सिंह र सूर्य अंकित० फहराउँदै टोलीको समर्थन गरेका थिए। खेलाडीहरू होटलमा बन्धकजस्तै बनाइएको र उनीहरूलाई बाहिरी व्यक्ति वा परिवारसँग कुरा गर्न नदिइएको दाबी फोस्टरले गरेका छन्।
अहिले अस्ट्रेलिया सरकारमाथि ती खेलाडीहरूलाई राजनीतिक शरण दिन दबाब बढिरहेको छ। यद्यपि, धेरै खेलाडीका सन्तान र परिवार इरानमै रहेकाले उनीहरूका लागि यो निर्णय लिनु निकै कठिन र जोखिमपूर्ण छ।
इरानी टोलीकी म्यानेजर मर्जिया जाफरीले भने आफूहरू जतिसक्दो चाँडो स्वदेश फर्किएर परिवारसँग बस्न चाहेको बताएकी छन्।
यता अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले इरानी महिला र बालिकाहरूको पक्षमा ऐक्यबद्धता जनाएकी छन्। सोमबार टोली बसेको होटल बाहिर संघीय प्रहरीको कडा सुरक्षा पहरा थियो। खेलाडीहरू कहिले स्वदेश फर्कन्छन् वा अन्य विकल्प रोज्छन् भन्ने अझै प्रष्ट भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण