इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले सोमबार जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे जकार्ताबाट करिब २५ किलोमिटर टाढा रहेको बान्तारगेबाङ फोहोर डम्पिङ क्षेत्रमा पहिरो गएको हो । पहिरोले त्यहाँ रहेका ट्रक र सडकछेउका खाद्य पसलहरू पुरिएका छन् ।
उद्धार टोलीले अवरुद्ध क्षेत्र खोल्न भारी उपकरण प्रयोग गरिरहेको छ भने सम्भावित पीडितहरूको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार लगातार परेको भारी वर्षापछि डम्पिङ स्थलमा पहिरो गएको हो ।
जकार्ता र आसपासका सहरहरू मिलेर बनेको जाबोडेटाबेक क्षेत्रमा करिब चार करोड २० लाख मानिस बसोबास गर्छन् र यस क्षेत्रबाट दैनिक करिब १४ हजार टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ । करिब ११० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको बान्तारगेबाङ डम्पिङ स्थलमा झण्डै पाँच करोड ५० लाख टन फोहोर थुप्रिएको बताइएको छ ।
पर्यावरणमन्त्री हनिफ फैसोल नुरोफिकले खुला फोहोर डम्पिङ स्थलमा फोहोर थुपार्न प्रतिबन्ध लगाइएको कानुन हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय प्रशासनलाई जिम्मेवार ठहर गरेका छन् । उनले यस घटनालाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने र जकार्तामा फोहोर व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति प्राबोवो सुबियान्तोले पनि इन्डोनेसियाका अधिकांश फोहोर डम्पिङ स्थल सन् २०२८ सम्ममा आफ्नो क्षमता नाघ्ने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । सरकारले आगामी दुई वर्षभित्र फोहोरबाट ऊर्जा उत्पादन गर्ने ३४ वटा परियोजना निर्माण गर्न करिब तीन अर्ब ५० करोड डलर लगानी गर्ने योजना अघि सारेको छ ।
यसअघि सन् २००५ मा पश्चिम जाभामा फोहोर डम्पिङ स्थलमा भएको पहिरोमा मिथेन ग्यास विस्फोट र भारी वर्षाका कारण १४३ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण