सडक चिप्लो हुँदा दाउन्नेमा सवारी चलाउन कठिन
सोमबार, २५ फागुन २०८२, १७ : ३५
बुटवल । पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा पानी परेपछि सडक चिप्लो हुँदा राजमार्गमा सवारी आवागमनमा कठिनाइ भएको छ ।
सामान्य वर्षापछि सडक चिप्लो बनेका कारण सवारीसाधन बिस्तारै चलेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीका डीएसपी वीरदत्त पन्तले राजमार्गमा सवारी नरोकिएको तर बिस्तारै चलेका जानकारी दिए । यसअघि आज बिहान २ दाउन्नेस्थित किरण होटेल नजिकै सडक भासिएको ठाउँमा लगातार वर्षाका कारण सडक सतह चिप्लो भई सवारी साधन आवतजावतमा समस्या भएको थियो । जसका कारण केही समय एकतर्फी सञ्चालन गरिएको थियो ।
निर्माणाधीन धुलाम्मे दाउन्ने खण्डमा हल्का पानी पर्दा पनि सडक अत्यन्तै चिप्लो हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण