शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजित कार्यक्रममा उनले प्रतिकूल परिस्थितिका बाबजुद प्राप्त जिम्मेवारीमा केन्द्रित रहेर निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति आभार व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको बताए ।
यसैबिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि निर्वाचन सुरक्षा उत्कृष्ट ढङ्गले पूरा गरेकामा सशस्त्र प्रहरीका कर्मचारी तथा मातहत एकाइहरुलाई धन्यवाद दिएका छन् ।
सशस्त्र प्रहरी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढङ्गले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीप्रति आभार प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण