युएनमा महिला स्थिति आयोगको अधिवेशन सुरु, नेपालबाट मन्त्री श्रेष्ठको सहभागिता
सारांश
- महिला आयोगको ७०औँ अधिवेशन संयुक्त राष्ट्र संघको मुख्यालयमा सुरु भयो, जसमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
- नेपालबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले भाग लिएको छ।
- अधिवेशनमा लैङ्गिक समानता प्रवर्द्धन र महिला सशक्तीकरणलाई गति दिनुपर्ने विषयमा जोड दिइएको थियो।
काठमाडौँ । संयुक्त राष्ट्र संघ (युएन)को मुख्यालयमा आज महिला आयोगको ७०औँ अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार सो अधिवेशनममा विश्वभरबाट मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेका छन् ।
यस अधिवेशनमा नेपालबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ ।
उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिए गुटेरेश, संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्का अध्यक्ष लोकबहादुर थापा तथा संयुक्त राष्ट्र महासभाकी अध्यक्ष एनलिना बेयर बोकलगायत उच्चस्तरीय व्यक्तित्वहरूले सम्बोधन गरेको नियोगले जनाएको छ ।
उनीहरूले आफ्ना मन्तव्यमा विश्वव्यापी रूपमा लैङ्गिक समानता प्रवर्द्धन गर्न तथा महिला र बालिकाको सशक्तीकरणलाई अझ तीव्र बनाउन अन्तर्राष्ट्रिय प्रयासलाई गति दिनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
नेपाली प्रतिनिधिमण्डलले अधिवेशनका विभिन्न बैठक तथा कार्यक्रमहरूमा सहभागी हुँदै महिला अधिकार, लैङ्गिक समानता तथा सशक्तीकरण सम्बन्धी नेपालको अनुभव र प्रतिबद्धता प्रस्तुत गर्ने बताइएको छ।
महिला स्थिति आयोगको यो अधिवेशनलाई महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा विश्वस्तरीय नीति निर्माण तथा सहकार्यको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा हेरिन्छ। यसपटकको अधिवेशनमा विभिन्न देशका प्रतिनिधिहरूले महिला सशक्तीकरणका चुनौती, उपलब्धि र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण