‘परालको आगो’मा प्रकाश र सुहाना श्रीमान् श्रीमती
सारांश
- सुशील पोखरेलको फिल्म 'परालको आगो' को टिजर सार्वजनिक भएको छ, जसमा श्रीमान् श्रीमतीबीचको मनमुटाव देखाइएको छ।
- प्रकाश सपुत र सुहाना थापा श्रीमान् श्रीमतीको भूमिकामा छन्, र टिजरमा नेपाली समाजको यथार्थ घटना देखाइएको छ।
- फिल्म गुरु प्रसाद मैनालीको कृतिबाट प्रेरित छ र लक्ष्मण सुनारले निर्देशन गरेका हुन्, फिल्म वैशाख ११ गते रिलिज हुनेछ।
काठमाडौँ । सुशील पोखरेलको निर्माण रहेको फिल्म ‘परालको आगो’ को टिजर रिलिज गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको टिजरमा श्रीमान् श्रीमतीबिचको मनमुटाव देख्न सकिन्छ ।
टिजरमा प्रकाश सपुत र सुहाना थापा श्रीमान् श्रीमतीको भूमिकामा छन् । श्रीमती पँधेरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन् । जहाँ छिमेकीको रूपमा रहेका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्ने स्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खाल्का कुरा प्रकाशले गर्छन् ।
नेपाली समाजको यथार्थ घटनालाई टिजरमा देख्न सकिन्छ । ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथालाई फिल्मको टिजरले प्रस्तुत गर्न खोजेको छ । टिजरमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र सौगात मल्ललाई देख्न सकिन्छ ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
सुशील पोखरेलको लगानी रहेको यस फिल्मलाई सुशील देवकोटाले लेखेका छन्। फिल्ममा सङ्कल्प भुजेलको छायाङ्कन,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठको छ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो। सोही अनुसार कथालाई नमारिईकन नयाँ र उत्कृष्ट रूपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताए ।
फिल्म आगामी वैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण