पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई 'एनएक्स्टी २०२६' ग्लोबल समिटमा भाग लिन भारत जाँदै छन्।
- नयाँदिल्लीमा मार्च १२ देखि १४ सम्म हुने समिटमा भट्टराई 'गेस्ट अफ अनर' का रूपमा सहभागी हुनेछन्।
- सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र लगायतका विषयमा छलफल हुनेछ, जसमा मोदी प्रमुख अतिथि हुनेछन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्ने भएका छन् ।
नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको सहभागिता रहने यस सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको आयोजकले जनाएको छ ।
सम्मेलनअन्तर्गत मार्च १४ बिहान १०:०५ बजे हुने “Democracy in the Age of AI: Digital Governance & The Youth” शीर्षकको सत्रमा भट्टराईले ‘गेस्ट अफ अनर एड्रेस’ दिने कार्यक्रम रहेको छ । उक्त सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार प्रस्तुत गर्ने कार्यक्रम छ ।
भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण