काठमाडौँको जम्बुडाँडाबाट पेस्तोल र १०० राउन्ड गोली बरामद
मङ्गलबार, २६ फागुन २०८२, १६ : ४८
सारांश
- काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ।
- प्रहरीले गोकर्णेश्वर नगरपालिका-५ स्थित जम्बुडाँडाबाट एक थान पेस्तोल र १ सय राउन्ड गोली फेला पारेको हो।
- भदौ २४ गते जेनजी प्रदर्शनको बेला आन्दोलनकारीले लुटेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं । काठमाडौँको बौद्ध स्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडाबाट एक थान पेस्तोल र १ सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
झाडीमा लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोका नेतृत्वको टोलीले सो पेस्तोल बरामद गरेको हो । जेनजी प्रदर्शन हुँदा भदौ २४ मा आन्दोलनकारीले सो पेस्तोल लुटेर लगेको आशङ्का गरिएको छ । घटनास्थलबाट ३ थान म्यागजिन पनि बरामद गरिएको एसपी भट्टराईले बताए । उनले भने, ‘पेस्तोल कहाँबाट लुटिएको हो भन्नेबारे अनुसन्धान हुँदै छ ।’
प्रहरीले सो हतियार लुट्ने आरोपीबारे पनि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण