मतगणना सकिएसँगै आयोगले गर्यो निर्वाचनसम्बन्धी इकाई बन्द
सारांश
- निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी स्थापना गरिएका इकाईहरू बन्द गरेको छ।
- आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय र सेवा प्रवाहका लागि विशेष इकाई तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो।
- सूचना सदाचार प्रवर्धन इकाईले ९९८ हानिकारक सूचना पहिचान गरी नियामक निकायमा पठाएको थियो, भने कल सेन्टरले ८,२२० जिज्ञासा सम्बोधन गरेको जनाएको छ।
काठमाडौँ । मतगणना सकिएसँगै निर्वाचन आयोगले फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित स्थापना गरेका विभिन्न इकाईहरू बन्द गरेको छ । निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी दिन आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो ।
त्यस्तै, मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबिच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
‘मतदान एवम् मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाई तथा समन्वय केन्द्रहरू आयोगको मिति २०८२÷११÷२६ को निर्णय अनुसार मिति २०८२÷११÷२७ देखि लागू हुनेगरी बन्द गरिएको ब्यहोरा जानकारी गराइन्छ’, आयोगले बुधवार विज्ञप्ति जारी गर्दै भनेको छ ।
इकाईहरू सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाईले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको आयोगले जनाएको छ ।
यस्तै, केन्द्र मातहतकै विद्युतीय मतदाता शिक्षा इकाई ले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी भिडिओ र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको पनि जनाएको छ ।
यस्तै, प्रेस अफिसले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चार माध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिता विपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ ।
साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८,२२० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण