फेक रेस्क्युमा संलग्न आरोपमा पानोरमा ट्रेकिङ्गका सञ्चालक पक्राउ
बुधबार, २७ फागुन २०८२, १८ : ००
सारांश
- प्रहरीले पर्वतारोहणमा पर्यटकको नक्कली उद्धार गरी बीमा रकम दाबी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पानोरमा हिमालय ट्रेकिङ्ग एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा रहेका छन्।
- यस घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ, सीआईबीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पानोरमा हिमालय ट्रेकिङ्ग एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा छन् । ५० वर्षीय शेर्पालाई बुधवार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिव कुमार श्रेष्ठले रातोपाटीलाई बताए।
फेक रेस्क्यूमा संलग्न आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या १० पुगेको छ । यसअघि हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह सहित ९ जना पक्राउ परेका थिए।
पक्राउ परेकाहरू विरुद्ध सीआईबीले राष्ट्रहित प्रतिकुल गर्न नहुने कसुर र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण