नेपाललाई ऐतिहासिक कुटनीतिक सफलता : राष्ट्र संघद्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा
काठमाडाैँ । संयुक्त राष्ट्र संघले नेपालको प्रश्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गरेको छ ।
मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले यस सम्बन्धी प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो । नेपालको पहल र प्रश्तावमा संयुक्त राष्ट्र संघले कुनैपनि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको यो पहिलो पटक हो । यसलाई नेपालको कुटनीतिक क्षेत्रमा एक ऐतिहासिक र गर्व गर्न लायक सफलता मानिएको छ ।
नेपालले राखेको उक्त प्रश्तावलाई छिमेकी राष्ट्रहरू भारत र चीनसहित दक्षिण एशियाका प्रायः सबै मुलुक गरी जम्मा ४० वटा देशले सहप्रायोजन गरेका परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताउनु भयो । यस घोषणाले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप सार्थक र गरिमामय बनाएको मन्त्रालयले जनाएको छ ।
विश्व शान्ति र मानव हितका लागि नेपालले खेल्दै आएको भुमिकालाई यसले नयाँ उचाईमा पुर्याउनुका साथै नेपालको छविलाई विश्वभर थप उजिल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ । यससँगै नेपाललाई विश्वव्यापी ‘आरोग्यता केन्द्र’ (वेलनेस सेन्टर) का रूपमा विकास गर्ने बाटो खुलेको उनले बताए।
नेपालको आफ्नै पहलमा पारित भएको यस प्रश्तावले नेपालको ‘सौम्य शक्ति’ (सफ्ट पावर) प्रवर्द्धन गर्न ठुलो मद्दत पुग्ने सरकारको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण