बुद्ध एयरकाे एटीआर–७२ जहाजको बिदाइ
सारांश
- बुद्ध एयरले एटीआर-७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गर्यो, जसले १६ वर्ष सेवा दियो।
- जहाजले २४ लाखभन्दा बढी यात्रु बोकेको थियो र हवाई यात्रालाई सुगम बनाउन योगदान पुर्यायो।
- बुद्ध एयरका अनुसार, जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो बनायो।
काठमाडौँ । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन ( 9N-AJO) रहेको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२,००० साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।
यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौँसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।
बिदाइ क्षणमा भावुक हुँदै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने– ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठुलो योगदान दियो । यसले बुद्ध एयरको बजार बिस्तार तथा साख बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।
एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुसी व्यक्त गर्दै भने – ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमान योग्य हातहरू एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रूपमा सेवा दिन सक्षम भयो । यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुद्ध एयरले आन्तरिक रूपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगन्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै, अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण