बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
इरान युद्ध

इजरायलले इरानमा आणविक हमला गर्न सक्छ

युद्धमा ठूलो क्षति बेहोर्दै जाँदा नेतन्याहुसँग विकल्पका रूपमा आणविक हतियार मात्रै छ
बिहीबार, २८ फागुन २०८२, १५ : ००
बिहीबार, २८ फागुन २०८२

सारांश

  • अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरे, जसले युद्धलाई खतरनाक मोडमा पुर्‍यायो।
  • इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गर्‍यो, जसले हाइफा तेल प्रशोधन केन्द्रमा क्षति पुग्यो र इजरायलको अर्थतन्त्रलाई असर गर्‍यो।
  • विश्लेषकहरूका अनुसार, यो युद्ध आणविक युद्धमा परिणत हुन सक्ने सम्भावना रहेको छ, र नेतन्याहुले आणविक हतियार प्रयोग गर्न सक्ने आँकलन गरिएको छ।

अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेका छन्। मार्च ८ को बिहानै इरानसँगको युद्धमा खतरनाक मोड देखा पर्‍यो। अमेरिकाले तेहरान तथा कराज सहरवरपर रहेका इरानी तेल प्रशोधन तथा सम्बन्धित अन्य केन्द्रहरूमा घातक हमला गर्‍यो। जसकारण राजधानी तथा कराज सहर एवं वरपरको हावा पूरै विषालु बन्न पुग्यो।

इरानी सरकारले आफ्ना नागरिकलाई ‘मास्क’ लगाउन, आफ्ना खानेकुराहरू रेफ्रिजरेटरमा राख्न एवं खानेपानी प्रणालीका ‘फिल्टरहरू’ फेर्न सचेत गरायो। साथै केही घण्टाभित्रै खाडी अरब क्षेत्रका राज्यहरूमा रहेका तेल प्रशोधन केन्द्रमा हमला गर्ने चेतावनी दियो। लगत्तै इजरायलको ‘हाइफा बे’मा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा घातक हमला पनि गर्‍यो।

हाइफा बेमा भएको आक्रमणले इजरायलको अर्थतन्त्र एवं सैन्य क्षमतामा बलियो धक्का पुगेको छ। किनभने त्यही प्रशोधन केन्द्रबाट आउने तेलले इजरायलको उपभोगको आधा हिस्सा ओगट्ने गरेको थियो। यी आक्रमणहरूसँगै अमेरिका–इजरायलले इरानमा थालेको युद्धले पूरै युद्धको खतरनाक मोड लिएको छ।

यस्तै रहने हो भने यो युद्ध आणविक युद्धमा परिणत हुन सक्छ। साथै यसले पूरै पृथ्वीसमेत ध्वस्त पार्न सक्छ।

यस्तो भयानक परिणाम आउन सक्ने त्रासका पछाडि मैले दुईवटा कारण देखेको छु। पहिलो, १२ दिने युद्धभन्दा अगाडि इजरायलले थोरै दिनमै यो स्तरको क्षति बेहोर्न सक्ने रहेछ भन्ने हामीलाई थाहै थिएन। अहिले इजरायलले त्यही वास्तविकता भोगिरहेको छ।

इरानसँग भएका पछिल्लो पुस्ताका क्षेप्यास्त्रहरूले आफ्नो प्रतिरक्षा प्रणाली ‘आइरन डोम’लाई पनि तोड्न सक्ने थाहा पाउँदा इजरायलले पहिलो झट्का सामना गर्नुपर्‍यो। १२ दिनको युद्धमा इजरायलले हालसम्म कति क्षति बेहोर्‍यो भन्ने आधिकारिक सूचना सरकारले अझैसम्म पनि सार्वजनिक गरेको छैन। तर विभिन्न अनुमानहरूले ३३ देखि ३४ जनाको मृत्यु एवं ३५ सयभन्दा धेरै घाइते भएको उल्लेख गरेका थिए।

Iran_1

अहिले चलिरहेको युद्धमा इरानले ठूलो सङ्ख्यामा क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ, जुन सङ्ख्यामा मात्रै धेरै छैनन्, आफैँमा गत वर्षको जुन महिनामा प्रयोग भएका भन्दा धेरै उन्नत पनि छन्। हाइफाको तेल प्रशोधन केन्द्रमा ‘खेबर शेखान’ नामको ‘सोलिड फ्युल रकेट’ प्रहार गरिएको थियो, जुन ११ मिटर लामो तथा आधा टन तौलको ‘वारहेड’ बोक्न सक्ने क्षमताको छ।

अलजजिराले तेल अभिभको आकाशमा रातिको समयमा निशाना साँधिरहेका हाइपरसोनिक क्षेप्यास्त्रहरू देखाएको थियो। जसमा क्षेप्यास्त्रहरू सहजै इजरायली ‘इन्टरसेप्टर’ छल्दै गरेका देखिन्छन्। त्यति मात्रै नभएर स्वतन्त्र ‘म्यानुभरिङ’ क्षमता भएका क्षेप्यास्त्र त ठम्याउनै गाह्रो हुने देखिएका छन्। साथै ‘क्लस्टर’का रूपमा प्रहार हुने वारहेडले त ‘इन्टरसेप्टर’लाई छल्ने मात्रै नभएर मध्य दिउँसै आम मानिस/बालबालिका भएका क्षेत्रमा सहजै प्रहार गर्ने देखिएको छ।

धेरै अमेरिकी अध्ययनहरूले इजरायलमा इरानी क्षेप्यास्त्रको निशाना साध्न मिल्ने खालकै रहेको अनुमान गरेका छन्। युद्ध सुरु हुँदाका बखत १० प्रतिशत क्षेप्यास्त्रले ‘इन्टरसेप्टर’लाई छलेर निशानामा प्रहार गरेको पाइएकोमा अहिले त्यो सङ्ख्या बढेर एक हप्तामै २० देखि ३५ प्रतिशत पुगेको छ।

इरानको बढ्दो क्षमतालाई हेरेर विश्लेषकहरू पुराना हतियारको भण्डार खाली गरेर नयाँ र उन्नत हतियार चलाउन थालेको अनुमान गर्छन्। जसमा ‘हाइपरसोनिक’ तथा स्वतन्त्र रूपमा ‘म्यानुभर’ गर्न सकिने क्षेप्यास्त्रहरू पनि पर्छन्।

यसरी दिग्भ्रमित पार्ने, विद्रोह सिर्जना गर्ने तथा तख्तापलट गर्ने लक्ष्यसाथ अमेरिकाले गरेको प्रहारले उल्टै इरानको सत्तालाई थप सशक्त बनाइदिएको छ। यसले सरकारप्रतिको इरानी जनताको समर्थन ह्वात्तै बढाइदिएको छ।

इजरायल र अमेरिकाले इरानको क्षेप्यास्त्र प्रहारस्थल ध्वस्त पार्न धेरै प्रयास गरिरहेका छन्। उनीहरूको प्रयास आंशिक रूपमा मात्रै सफल भएको छ। धेरैजसो क्षेप्यास्त्र प्रहारको काम जमिनमुनिबाट हुन्छ। प्रहार हुनुअघिसम्म त्यस्ता ठाउँहरू थाहा पाउन अप्ठेरो हुन्छ। त्यस्ता ठेगानाहरू एक पटकका लागि मात्रै प्रयोग गरिन्छन्। प्रयोग गरेको समयमा स्पष्ट रूपमा ठम्याउन सकिए पनि पछि भने त्यहाँ आक्रमणको धेरै ठूलो अर्थ हुँदैन।

त्यस्ता भूमिगत ‘लन्चर’हरू इरानभर फैलिएका छन्। त्यसैले सुरुमै ठम्याउन करिब असम्भवप्रायः छ। इरानले हरेक दिन धेरैभन्दा धेरै त्यस्ता प्रहारस्थल बनाइरहेको छ। इरानभर त्यस्ता लन्चरहरू कति छन् भन्ने कसैलाई थाहा छैन। आफ्नो काम सकिएपछि तिनीहरू आफैँ ध्वस्त हुन्छन्। धेरैको अनुमानमा त्यस्ता प्रहारस्थल हजारौँको सङ्ख्यामा छन्।

यसरी दिग्भ्रमित पार्ने, विद्रोह सिर्जना गर्ने तथा तख्तापलट गर्ने लक्ष्यसाथ अमेरिकाले गरेको प्रहारले उल्टै इरानको सत्तालाई थप सशक्त बनाइदिएको छ। यसले सरकारप्रतिको इरानी जनताको समर्थन ह्वात्तै बढाइदिएको छ। इरानले केही अघि मात्रै निश्चय गरिसकेको रणनीति अपनाइरहेको छ।

उसले सुरुमा खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडामा हमला गरेको छ साथै अमेरिकी अधिकारीहरू लुकेर बसेको हुन सक्ने ठानेर केही होटलहरूमा पनि आक्रमण गरेको छ। अहिले इरानले बिस्तारै ‘स्ट्रेट अफ हर्मुज’मा कडाइ गर्दै गएको छ। जहाँबाट प्रत्येक दिन २० अर्ब ब्यारेल तेल ढुवानी हुने गर्छ। त्यसरी कडाइ गर्नका लागि इरानलाई हुथीहरूले सघाउँदै छन्।

Iran_2

इरानले इजरायली सहरहरूमा अहिलेकै दरमा आफ्नो आक्रमण कायम राख्न सकेको अवस्थामा बेन्जामिन नेतन्याहु गम्भीर दुविधामा पर्ने निश्चित छ। इजरायली नागरिकहरू आफ्नो सुरक्षा अनिवार्य ठान्ने बानी परिसकेका छन्। यसअघि उनीहरूलाई ‘आइरन डोम’मा विश्वास थियो। गत जुनको लडाइँसम्म त्यस्तो विश्वास स्वाभाविकै थियो।

तर अहिले भने उनीहरू आइरन डोम र नेतन्याहु दुवैमाथिको विश्वासबाट चिप्लिइरहेका छन्। गत वर्षको जुनमा इजरायलीहरूले पछिल्लो पुस्तामै पहिलो पटक आफूलाई युद्धको अन्त्यमा पाएका थिए। धेरै ठूलो सङ्ख्यामा घाइते, तेल अभिभमा अवस्थित मोसाद मुख्यालयमा क्षति तथा हाइफा विमानस्थलमा भएको ध्वंसले उनीहरूलाई आफूले अभेद्य ठानेको किल्लाभित्रै कमजोर अनुभव गराएको छ।

नेतन्याहु सरकारले धेरै पछिसम्म मारिएका वा घाइते भएका व्यक्तिहरूको तथ्याङ्कसमेत जारी गरेको थिएन। तथापि उनीहरूलाई रातभर हुने आक्रमणहरूमा ‘बेसमेन्ट’ र ‘बङ्कर’हरूमा शरण लिन बाध्य हुनुपरेको थाहा थियो। उता सरकार भने हताहतीको आँकडा जारी गरिरहेको थिएन। यद्यपि मानिसहरू मारिएका वा गम्भीर घाइते भइरहेका छन् भन्ने धेरैजसोलाई स्पष्टै छ।

फलस्वरूप इजरायलीहरूले पहिलोपटक गाजा, वेस्ट ब्याङ्क र पूर्वी जेरुसेलममा रहेका प्यालेस्टिनी पीडितहरूले विगत धेरै दशकदेखि भोगिरहेको डर आफैँले अनुभव गरे। उनीहरू अब राति सुत्दा भोलिपल्ट बिहान उठ्ने हो कि होइन भन्नेमै निश्चिन्त छैनन्। बिहान आफ्ना बच्चाहरू स्कुल जाँदा उनीहरू दिउँसो फर्कन्छन् वा फर्कन्नन् भन्ने अन्योलमा हुन्छन्।

१२ दिने युद्धको दुई महिनापछि हिब्रु भाषाको पत्रिका ‘मारिभ’ले गरेको अर्को सर्वेक्षणअनुसार त्यसबखत चुनाव हुँदा विपक्षी दलहरूले १ सय २० सदस्यीय ‘नेसेट’मा लगभग ६२ सदस्य जित्ने अनुमान गरिएको थियो।

इजरायलले भोगेको यस्तै त्रास इराक, लिबिया, सिरिया र यमनका लाखौँ–लाख अरब परिवारहरूले सन् २००३ देखि आजसम्म भोगिरहेकै छन्। यस्तो हुनुका पछाडि इजरायलको भ्रामक सूचनालाई आधार मानेर अमेरिकाले उनीहरूमाथि थोपरेको युद्ध जिम्मेवार छ।

गत जुनमा इरानले केही दिन रात्रिकालीन समयमा गरेका बम विस्फोटका कारण इजरायलमा नेतन्याहुले कायम राख्न कडा प्रयास गरेको अभेद्यताको भ्रम तोडिदियो। त्यति मात्रै नभएर जनताको ठूलो पङ्क्तिले नेतन्याहुको दक्षिणपन्थी गठबन्धनले इजरायल सुरक्षित राख्न सक्दैन भन्ने धारणा पनि बनायो।

सन् २०२४ को मे महिनामा ‘प्यु रिसर्च सेन्टर’ले गरेको सर्वेक्षणअनुसार त्यसबेलासम्म करिब ५८ प्रतिशत मतदाताहरू नेतन्याहुको दक्षिणपन्थी गठबन्धनको विरुद्धमा उभिन थालेका थिए। अध्ययनअनुसार केवल ३८ प्रतिशतले मात्रै नेतन्याहु र उसको सरकारलाई समर्थन गरेको देखाएको थियो।

१२ दिने युद्धको दुई महिनापछि हिब्रु भाषाको पत्रिका ‘मारिभ’ले गरेको अर्को सर्वेक्षणअनुसार त्यसबखत चुनाव हुँदा विपक्षी दलहरूले १ सय २० सदस्यीय ‘नेसेट’मा लगभग ६२ सदस्य जित्ने अनुमान गरिएको थियो। अझ महत्त्वपूर्ण कुरा त केवल २७ प्रतिशत इजरायलीहरूले मात्रै नेतन्याहुलाई आफ्नो प्रधानमन्त्रीका रूपमा विश्वास गर्ने गरेको पाइएको थियो।

यस्तो अध्ययनको प्रतिक्रियास्वरूप नेतन्याहुले गाजा र ‘वेस्ट ब्याङ्क’मा निरीह प्यालेस्टिनीमाथि थप क्रूर आक्रमण बढाएका थिए। सन् २०२५ को अक्टोबर १० देखि र सन् २०२६ को फेब्रुअरी १० बिचको १ सय २० दिनमा इजरायली सेनाले इजरायल र हमासबिच ट्रम्पले मध्यस्थता गरेको युद्धविराम १६ सय २० पटक तोड्यो।

अर्थात् दैनिक १५ पटकभन्दा बढी शान्ति सम्झौता तोड्यो। उक्त अवधिमा इजरायली सेनाले प्यालेस्टिनी नागरिकहरूमाथि ५ सय २० पटक गोली चलायो। आवासीय क्षेत्रहरूमा ७९ पटक छापा मार्यो। गाजामा ७ सय ४९ पटक बम तथा गोलाबारी गर्‍यो। २ सय ३२ पटक मानिसहरूको निजी सम्पत्ति ध्वस्त पार्यो साथै गाजाबाट ५० प्यालेस्टिनीहरूलाई हिरासतमा लियो।

इजरायलले पूरै गाजापट्टीमा अत्यावश्यक मानवीय सहायता अवरुद्ध गर्ने तथा घर एवं पूर्वाधार नष्ट गर्ने काम आज पनि जारी नै राखेको छ। यी सबै तथ्य र प्रमाणहरू हेर्दा नेतन्याहु जस्तोसुकै शैली अपनाएर भए पनि ‘ग्रेटर’ इजरायल बनाउन कटिबद्ध छन् भन्ने बुझ्न कुनै अप्ठेरो पर्दैन। उनी त्यसैका लागि धर्मयुद्ध (क्रुसेड) चलाइरहेका छन् भन्नेमा कुनै भ्रम बाँकी रहेन।

नेतन्याहुले उपयोग गर्न खोजेका तीनै ‘उपाय’ले एउटा यस्तो युद्ध सिर्जना गरेका छन्, जुन परम्परागत रूपमा जित्न सकिन्न भन्ने कुरा अब अधिकांश इजरायलीहरूले थप महसुस गरिरहेका छन्। अमेरिकाको सबै प्राविधिक शक्ति आफ्नो पक्षमा हुँदा पनि यही ढङ्गले विजय सम्भव छैन भन्ने धेरैले महसुस गर्दैछन्।

अब प्रश्न उठ्छ, त्यसो भए नेतन्याहुसँग अब अन्तिम हतियार के छ त ? यसको उत्तर हो– इजरायलको आणविक बम। आजको इजरायलसँग कतिवटा आणविक बम छन् भन्नेबारे ज्यादै कमलाई मात्रै थाहा छ। सन् २००९ मा अलजजिराले सार्वजनिक गरेको अनुमानअनुसार इजरायलसँग पहिल्यै १ सय १८ वटा आणविक बमहरू थिए। त्यस्ता बमहरू फरक–फरक विस्फोटक शक्ति भएका हुन्।

आजको पुस्ताले ‘सानो’ आणविक बमको विनाशकारी शक्तिलाई पक्कै बिर्सेको छैन होला। सन् १९४५ को अगस्ट ६ का दिन हिरोसिमामा विस्फोट गरिएको युरेनियम बमको विस्फोटन १५ हजार टन डाइनामाइटबराबर थियो। त्यसले हिरोसिमाका ७० प्रतिशत भवनहरू ध्वस्त पारेको थियो। सन् १९४५ को अन्त्यसम्म पुग्दा आक्रमणमा मारिनेहरूको सङ्ख्या १ लाख ४० हजार पुगेको अनुमान छ।

केही दिनपछि नागासाकीमा प्लुटोनियम बम विस्फोट भयो। त्यसले सहरको ६ दशमलव ७ वर्ग किलोमिटर क्षेत्रफललाई ध्वस्त बनायो। करिब ७४ हजार मानिस मारिए। ती दुवै विस्फोटमा जमिनको तापक्रम करिब ४ हजार डिग्री सेन्टिग्रेड पुग्यो। विस्फोटपछि दुवै सहरमा रेडियोधर्मी वर्षात् भएको थियो।

सामान्यतः अमेरिकामा कुनै मुलुकको राष्ट्रप्रमुखको भ्रमणको चाँजोपाँजो मिलाउन एकदेखि दुई वर्षसम्म लाग्छ। तर, सन् २०२५ मा ट्रम्पले इरानसँगको युरेनियम प्रशोधनलाई शान्तिपूर्ण प्रयोगका लागि आवश्यक स्तरमा मात्रै सीमित राख्ने सम्झौताको कुरा गर्दा भोलिपल्टै उनको ढोकामा नेतन्याहु पुगिसकेका थिए।

जुनसुकै ठाउँमा पनि त्यस्तो हतियारको प्रयोग अकल्पनीय विषय हो। तर नेतन्याहुको नेतृत्वमा रहेको इजरायल त्यसको अपवाद बन्न सक्छ। खासमा नेतन्याहु दोषी साबित भएका अपराधी हुन्। उनी इजरायलको प्रधानमन्त्री वा सरकारको कुनै पदमा नरहनेबित्तिकै घुसखोरीको तीनवटा मुद्दामा जेलको छिँडीमा पुग्ने निश्चित छ।

उनले जेल बाहिर बस्ने सबैभन्दा भरपर्दो कामका रूपमा कथित ‘ग्रेटर इजरायल’ बनाउने अभियानलाई लिएका छन्। यस्तो ‘ग्रेटर इजरायल’ बनेमा सबै प्यालेस्टिनी अरबहरूलाई बाहिर लखेट्ने लक्ष्य छ। त्यसैकारण उनको सरकारले सन् २०२३ को अक्टोबर ७ देखि सन् २०२६ को फेब्रुअरी २१ सम्ममा ७५ हजार २ सय २७ भन्दा धेरै प्यालेस्टिनीहरूलाई मारेको छ। १ लाख ५४ हजार ५ सय २५ जना घाइते भएकोमा उनलाई कुनै सङ्कोचको अनुभव नै छैन।

यसबिच अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले हमाससँग युद्धविराम गराए। त्यसपश्चात् नेतन्याहुले आफू सत्तामा रहिरहनका लागि नयाँ शत्रुको निर्माण गर्नैपर्ने थियो। त्यसका लागि उनले इरान देखाए। त्यसपछि इरानलाई अमेरिका र इजरायलका लागि ठूलो खतराका रूपमा प्रस्तुत गरियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा उनले आफ्नो उद्देश्य पूरा गर्न आवश्यक पर्ने मूर्खतापूर्ण अहङ्कारी व्यक्तित्व भेट्टाए।

सामान्यतः अमेरिकामा कुनै मुलुकको राष्ट्रप्रमुखको भ्रमणको चाँजोपाँजो मिलाउन एकदेखि दुई वर्षसम्म लाग्छ। तर, सन् २०२५ मा ट्रम्पले इरानसँगको युरेनियम प्रशोधनलाई शान्तिपूर्ण प्रयोगका लागि आवश्यक स्तरमा मात्रै सीमित राख्ने सम्झौताको कुरा गर्दा भोलिपल्टै उनको ढोकामा नेतन्याहु पुगिसकेका थिए।

सन् २०२५ र ०२६ मा मात्रै पनि नेतन्याहुले ट्रम्पलाई ६ पटक भेटे। प्रत्येक भेटलगत्तै ट्रम्प इरानसँगको शान्ति वार्ताबाट पछि हट्ने गर्थे। साथै थप नयाँ मागहरू अघि सार्ने गर्थे।

अहिले इरानमा इजरायलको हमला सोचेजस्तो ढङ्गले अघि बढेको छैन। अब नेतन्याहुसँग एउटा मात्रै विकल्प बाँकी छ। त्यो हो– इरानविरुद्ध आणविक हतियारको प्रयोग। यसअघि नै इजरायलले आफ्ना धेरैजसो आणविक हतियारहरू पनडुब्बीहरूमा सारिसकेका अपुष्ट रिपोर्टहरू आइरहेका छन्। तर त्यो पनि निश्चित छैन।

अब इजरायललाई आणविक हतियार प्रयोग गर्नबाट रोक्न केवल रुस र चीनले मात्रै सक्छन्। उनीहरूले इजरायलीहरू एवं समस्त विश्वलाई स्पष्ट भन्नुपर्छ– यदि कुनै पनि नाममा इरानमाथि आणविक हतियार प्रहार भयो भने परिस्थिति पूर्ण रूपमा फेरिनेछ तथा नयाँ अवस्थाको सामना गर्न सम्बन्धित सरोकारवालाहरू तयार हुनुपर्छ।

(द वायरबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम शङ्कर झा
प्रेम शङ्कर झा
लेखकबाट थप