शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठुला व्यापार साझेदारमाथि अमेरिकाले थाल्यो छानबिन

बिहीबार, २८ फागुन २०८२, १७ : २७
बिहीबार, २८ फागुन २०८२

सारांश

  • अमेरिकाले प्रमुख व्यापार साझेदार देशहरूको व्यापारिक अभ्यासको छानबिन सुरु गरेको छ।
  • यो कदम, ट्रम्पको भन्सार महसुल नीतिलाई अदालतले गैरकानुनी ठहर गरेपछि आएको हो, जसले नयाँ भन्सार लाग्न सक्ने सम्भावना बढाएको छ।
  • चीन, युरोपेली संघ, भारत, जापान, दक्षिण कोरिया, र मेक्सिकोलगायत देशहरू छानबिनको दायरामा छन्, तर क्यानडा भने यसमा समावेश छैन।

वासिङ्टन डिसी । अमेरिकाले आफ्ना प्रमुख व्यापार साझेदार देशहरूको व्यापारिक अभ्यासबारे नयाँ छानबिन सुरु गरेको छ । यो कदम गत महिना अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) नीतिको महत्त्वपूर्ण भागलाई गैरकानुनी ठहर गरेपछि आएको हो ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले बुधबार घोषणा गर्दै सेक्सन ३०१ अन्तर्गत अनुचित व्यापार अभ्यासबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । यस अनुसन्धानले चीन, युरोपेली संघ (ईयू), भारत, जापान, दक्षिण कोरिया र मेक्सिको जस्ता देशहरूमाथि नयाँ अतिरिक्त भन्सार महसुल लगाउने सम्भावना खोल्ने बताइएको छ ।

छानबिनको दायरामा पर्ने अन्य देशहरूमा भियतनाम, थाइल्यान्ड, मलेसिया, कम्बोडिया, सिंगापुर, इन्डोनेसिया, बङ्गलादेश, स्विट्जरल्याण्ड र नर्वे पनि छन् ।  तर अमेरिकाको दोस्रो ठुलो व्यापार साझेदार क्यानडा भने यस अनुसन्धानको सूचीमा छैन ।

अमेरिकी प्रशासनले यो कदम विदेशी देशहरूले अत्यधिक उत्पादन र अतिरिक्त क्षमता प्रयोग गरेर अमेरिकी उद्योगलाई असर पारिरहेको आरोपसँग जोडेको छ । ग्रिरका अनुसार अमेरिका अब आफ्नो औद्योगिक आधार कमजोर हुने अवस्थालाई स्वीकार नगर्ने सङ्केत दिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले गत वर्ष अप्रिलमा ट्रम्प प्रशासनले धेरै देशहरूबाट आयात हुने सामानमा लगाएको अतिरिक्त भन्सार महसुललाई अवैध ठहर गरेपछि यो निर्णय आएको हो । त्यसपछि ट्रम्पले नयाँ १० प्रतिशत विश्वव्यापी आयात शुल्क घोषणा गरेका थिए । पछि त्यसलाई १५ प्रतिशतसम्म बढाउन सकिने सङ्केत दिएका थिए ।

यसैबिच अमेरिकी र चिनियाँ अधिकारीहरूबिच यसै साता पेरिसमा वार्ता गर्ने तयारी भइरहेको छ । उक्त भेटले पछि ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा सम्भावित शिखर भेटको आधार तयार पार्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप