निर्वाचन प्रचार खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह
सारांश
- निर्वाचन आयोगले चुनाव प्रचार प्रसारको खर्च विवरण पेश गर्न उम्मेदवार र दलहरूलाई आग्रह गरेको छ।
- प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार खर्च विवरण तोकिएको समयभित्र पेश गर्नुपर्नेछ।
- निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र विवरण पेश गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै निर्वाचन आयोगले सम्बन्धित सबैलाई निर्धारित समयभित्र विवरण पेश गर्न आग्रह गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले आफ्नो निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी र खर्चको विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ। त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उक्त विवरण निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा पेश गर्नुपर्ने प्रावधान रहेको छ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) अनुसार उक्त विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र पेश गरी आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
यसै सन्दर्भमा आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्न र सार्वजनिक गरेको प्रमाण (फोटो, स्क्रिनसट वा अन्य भरपर्दो प्रमाण) सहित ३५ दिनभित्र सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।
आयोगका अनुसार राजनीतिक दलहरूले निर्वाचन आयोगमा र उम्मेदवारहरूले आफ्नो जिल्ला अन्तर्गतको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा विवरण तथा सार्वजनिक गरेको जानकारी बुझाउनुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण