शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
सारांश
- एमाले महासचिव शंकर पोखरेलले पार्टी पङ्क्तिलाई मिडिया ट्रायल र भ्रममा नपर्न आग्रह गरेका छन्।
- उनले निर्वाचन क्षेत्रको समीक्षा सुरु भइसकेको र आगामी निर्वाचनको समीक्षा गरिने बताए।
- पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने प्रयास भइरहेको बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ’ उनले फेसबुकमा लेखेका छन्– ‘यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिनेछ ।’
महासचिव पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
विगतका गम्भीर सङ्कट र चुनौतीहरूलाई सामना गर्दै हाम्रो पार्टी यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै एमाले पुनः थप मजबुत भएर अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।
जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिँदै उनले एकताबद्ध भएर काम गरेमा एमाले सफल हुने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण