१२ बजे १२ समाचार: प्रतिनिधि सभामा कांग्रेस अहिलेसम्मकै कमजोर, बालेनको मन्त्रिमण्डल चर्चा
सारांश
- प्रतिनिधि सभामा नेपाली कांग्रेसको उपस्थिति २०४८ साल यताकै कमजोर हुने देखिएको छ।
- निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी नतिजालाई स्वीकार गर्दै अध्यक्ष पद छाड्नेबारे चर्चा सुरु भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. प्रतिनिधि सभामा कांग्रेस अहिलेसम्मकै कमजोर
प्रतिनिधि सभामा नेपाली कांग्रेसको उपस्थिति २०४८ साल यताकै कमजोर हुने निश्चित भएको छ । २०४६ सालको जनआन्दोलनको सफलतापछि अहिलेसम्म प्रतिनिनिधि सभाका (दुई संविधान सभासहित) ८ निर्वाचन भएका छन् ।
२. समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो
निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो ।
३. चुनावी ‘हार’ स्वीकारेका ओलीले अध्यक्ष पद छाड्लान् ?
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन (फागुन २८) एमाले अध्यक्ष केपी शर्मा ओलीले नतिजा आफू र आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको भन्दै ‘हार’ स्वीकार गरेका छन् ।
४. फेक रेस्क्यु प्रकरण
पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको अभियोगमा १० जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।
५. बालेनको मन्त्रिमण्डल चर्चा
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा दुईतिहाइ नजिकको नतिजा निकालेको छ । रास्वपाले कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी १८२ सिट जितेको छ । जुन दुईतिहाइ बहुमतको २ सिट मात्रै कम हो ।
६. प्रकाशमानसिंह राउतः न्यायिक मर्यादामा रहे, तर आफ्नै प्रतिबद्धता पूरा गर्न सकेनन्
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले २०८१ असोज २० गते शपथ लिँदै गर्दा चुनौतीले घेरिएका थिए । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउतको कार्यकाल ६५ वर्षे उमेर हदका कारण आगामी चैत १७ गते पूरा हुँदैछ ।
७. स्वर्णिमलाई ‘चेक’ गर्न रामेश्वरलाई राष्ट्रियसभामा लैजाने प्रयास ‘लगभग’ असफल
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम औपचारिक रूपमा घोषणा हुने तयारीमा छ । नयाँ सरकार गठनको गृहकार्य पनि सुरू भएको छ । यससँगै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक पदमा अर्थमन्त्री रामेश्वर खनाललाई नियुक्त गर्ने चर्चा चल्यो ।
८. कांग्रेस–एमालेको अवस्थाः मतदाताले उम्मेदवार पत्याए, दललाई पत्याएनन्
प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेस पार्टीले समानुपातिकतर्फ कुल १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्यो । कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये कांग्रेसले १५.९६ प्रतिशत मत पाएको निर्वाचन आयोगको अन्तिम मतरिणामको तथ्यांकले देखाएको छ ।
९. कुमार पौडेल हत्या प्रकरण
सर्वोच्च अदालतले सर्लाहीमा हत्या गरिएका विप्लव नेतृत्वको तत्कालीन नेकपाका नेता कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत (हाल निर्वाचन आयोग सचिव) सहित दश जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश जारी गरेको छ ।
१०. कम्युनिस्टलाई इतिहासकै ठुलो धक्का, यस्तो छ २०१५ देखि २०८२ सम्मको मत
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्युनिस्ट आन्दोलनलाई इतिहासकै ठुलो धक्का लागेको छ । मंगलबार सम्पन्न चुनावी मतगणना अनुसार प्रत्यक्षतर्फ नेकपा एमालेले जम्मा ९ सिट जित्यो । समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।
२५ वटा वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट र समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत प्राप्त गरी चौथो स्थानमा पुगेको छ । तीन वर्षअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा अनपेक्षित नतिजा आउँदा कम्युनिस्ट पार्टीहरू अस्तित्व सङ्कटमा फसेको देखिन्छ ।
११. नवनिर्वाचित सांसदको औसत उमेर ४४ वर्ष
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको औसत उमेर घटेको छ । दलहरूले युवा उम्मेदवारलाई प्राथमिकता दिँदा औसत उमेर घटेको हो ।
१२. ग्यास अभाव हुँदा पनि किन विकल्प बनेन विद्युतीय चुल्हो ?
मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति प्रभावित बनेको छ, यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण