बाँदर आतङ्क रोकिदिन सांसदलाई पीडितको पत्र
पोखरा । बागलुङको निसिखोला गाउँपालिकाका किसानले बाँदर आतङ्क रोकिदिन माग गर्दै नवनिर्वाचित सांसदलाई पत्र लेखेका छन् । गाउँमा बाँदरको आतङ्क अत्यधिक बढेपछि किसानहरूले समाधानको माग गर्दै सांसदलाई गुहारेका हुन् ।
बाँदरले खेतबारीमा लगाएको अन्नबाली सखाप पारेर हैरान बनाएपछि निसिखोलाका किसानहरूले बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मालाई ध्यानाकर्षण पत्र पठाएका छन् । निसिखोला गाउँपालिका–४, सेरासेतका किसान डिलाराम रेग्मीले स्थानीय बाँदर पीडित किसानहरूको तर्फबाट सांसद शर्मालाई निवेदन पठाएको बताए ।
बाँदर आतङ्कका कारण जीविकोपार्जन नै सङ्कटमा परेको उनीहरूको गुनासो छ । वर्षभरि दुःख गरेर लगाएको मकै, आलु, गहुँ, कोदो लगायतका अन्नबाली बाँदरले क्षणभरमै नष्ट गरिदिने गरेको उनीहरूको भनाइ छ ।
‘खेतबारीमा दिनभर पहरा बस्दा पनि बाली जोगाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘मेहनत खेर जान थालेपछि कतिपय किसानहरू खेती गर्न नै निरुत्साहित हुन थालेका छन् ।’ ग्रामीण भेगका नागरिकको मुख्य आयस्रोत नै कृषि भएको र बालीनाली सुरक्षित नभएपछि परिवार पाल्न तथा बालबालिकाको पढाइ खर्च जुटाउनसमेत धौ–धौ परेको उनीहरूले सुनाए ।
जनताको दुःख र पीडा बुझेर यस समस्यालाई गम्भीरतापूर्वक लिन उनीहरूको आग्रह छ । बागलुङलगायत पहाडी जिल्लाहरूमा पछिल्लो समय बाँदरको आतङ्क मुख्य समस्याको रूपमा देखा पर्न थालेको छ । कतिपय ठाउँमा यही कारण बसाइसराइ समेत हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण