तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्लेको निर्वाचन खर्च करिब २७ लाख
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नं. १ को निर्वाचन खर्च विवरण सार्वजनिक गरे।
- उनको कुल निर्वाचन खर्च २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ रहेको छ।
- खर्च विवरणमा प्रचारप्रसार सामग्री र सवारी साधनमा सबैभन्दा बढी खर्च भएको देखिन्छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय, तनहुँमा पेश गरिएको आधिकारिक विवरण अनुसार उनको कुल निर्वाचन खर्च २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ रहेको छ।
सोही क्षेत्रबाट निर्वाचित बनेका वाग्लेका निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले मिति फागुन २७ गते उक्त खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम बुझाइएको अनुसूची-४१ को विवरण अनुसार, वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा बढी रकम प्रचारप्रसार सामग्री र सवारी साधनमा खर्च भएको छ।
यस्तो छ खर्चको शीर्षकवार विवरण:
प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्ट: रु. ६,५०,२९८/
सवारी साधन तथा इन्धन खर्च (१५ दिन): रु. ४,५०,०००/-
कार्यालय सञ्चालन खर्च (४२ वडा): रु. ४,२०,०००/-
खाना, खाजा तथा अस्थायी बसोबास: रु. ३,४८,९००/-
विद्युतीय प्रचारप्रसार: रु. ३,४८,४६४/-
बुथ प्रतिनिधि परिचालन (६९ मतदान केन्द्र): रु. ३,१९,३००/-
विविध खर्च: रु. १,४०,७९२/-
मनोनयन दर्ता: रु. १०,०००/-
मतदाता नामावली खरिद: रु. ३,०००/-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण