अपडेट
धनुषा–१ मा उम्मेदवारी खारेज भएका साहको मुद्दा न्यायाधीश सुवेदी र ढुंगानाको इजलासमा
शुक्रबार, २९ फागुन २०८२, ११ : ३९
सारांश
- धनुषा-१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ।
- उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ हुने भएको हो।
- यसअघि, साहले दायर गरेको रिटमा सर्वोच्चले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
काठमाडौँ । धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
उनले आफ्नो उम्मेदवारी खारेज विरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाएर फागुन १९ गते दायर गरेको रिटमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।
यस्तै बिहीबार साहले नै कर्जा सूचना केन्द्रलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण