ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारे ।
“नेपालको मासिक खपत ४५/४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भने, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”
ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उनले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गरे। पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमवल १ किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण