चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
बुटवल । बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कर्भडहलमा आज एक समारोहकाबिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै खेल र खेलाडीको पक्षमा पालिकाबाट सक्दो सहयोग गर्दै आएको बताए ।
ब्याडमिन्टन कोर्टका स्तरोन्नतिमा समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबिच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष नलराज नेपालले बताए ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अनुभवी तथा उदीयमान खेलाडीहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले दुई वटा दिनसम्म चल्ने प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि), र मास्टर भेट्रान्स डबल गरी ३ विधामा प्रतिस्पर्धा गर्ने बताए ।
मेन्स डबलतर्फ प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित कप, मेडल र ट्रफी प्राप्त गर्नेछन् । पहिलो दिन क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
यस्तै ३५ वर्षमाथि र ४५ वर्षमाथिको मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण