नयाँ कलाकारलाई देहव्यापारमा धकेलिने गरेको तनुश्रीको दाबी
सारांश
- अभिनेत्री तनुश्री दत्ताले फिल्म क्षेत्रमा नयाँ कलाकारहरूको शोषणबारे खुलासा गरेकी छिन्।
- उनले नयाँ कलाकारहरूलाई सुरुमा ठूला सपना देखाएर देहव्यापारमा धकेल्ने गरेको आरोप लगाएकी छिन्।
- तनुश्रीले नयाँ पुस्तालाई सचेत रहन र लोभ तथा प्रलोभनबाट बच्न सुझाव दिएकी छिन्।
मुम्बई । भारतीय अभिनेत्री तनुश्री दत्ताले मनोरञ्जन उद्योग मा नयाँ कलाकारहरूको शोषण र उत्पीडनलाई लिएर गम्भीर खुलासा गरेकी छिन्। हालै एक अन्तर्वार्ताका क्रममा उनले फिल्म क्षेत्रमा आउने नयाँ युवायुवतीहरूलाई सुरुमा ठूला सपना देखाइने र पछि उनीहरूलाई देहव्यापारको दलदलमा समेत धकेल्ने गरिएको दाबी गरिन्।
इन्डस्ट्रीमा बाहिरबाट देखिने चमकधमक र सफलताका कथाहरूभन्दा भित्रको यथार्थ निकै भयावह रहेको भन्दै उनले नयाँ पुस्तालाई सचेत गराएकी छिन्।
तनुश्रीका अनुसार नयाँ कलाकारहरूलाई सुरुमा 'तिमी हिरोइन बन्छौ' वा 'ठूलो स्टार बन्छौ' भन्दै प्रशंसा र झुटा बाचा गरेर जालमा पारिन्छ। त्यसपछि उनीहरूलाई विभिन्न प्रभावशाली व्यक्तिहरूसँग भेट्न लगाइन्छ, जहाँ उनीहरूको महत्त्वाकांक्षा र सपनाको दुरुपयोग गरिन्छ।
धेरैजसो अवस्थामा शोषणमा परेका कलाकारहरू मानसिक रूपमा यसरी टुट्छन् कि उनीहरू या त आफ्नो सहर फर्किन्छन् या त गलत बाटो रोज्न बाध्य हुन्छन्। यस्ता धेरै घटनाहरू कहिल्यै बाहिर नआउने र केवल सफल व्यक्तिको चर्चा मात्र हुने गरेको उनको गुनासो छ।
आफूलाई एक कलाकारका रूपमा चिनाउँदै तनुश्रीले आफ्नो आत्मसम्मान र जिन्दगीको सौदा कहिल्यै नगर्ने स्पष्ट पारेकी छिन्। उनले सम्झौतालाई सही ठहर्याउने एक अभिनेत्रीसँगको मित्रता समेत तोडेको स्मरण गरिन्।
साना बालबालिकालाई अपरिचितबाट जोगिन सिकाएझैँ बलिउडमा संघर्ष गर्न आउनेहरूले पनि लोभ र प्रलोभनबाट बच्न निकै सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। इन्डस्ट्रीमा हुने यस्ता काला कर्तुतबारे बोल्नुको मुख्य उद्देश्य नयाँ आउनेहरूलाई सम्भावित खतराबाट जोगाउनु रहेको उनले बताएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण