९ खेलाडीमा समेटिएको बायर्नले लेभरकुजेनलाई रोक्यो
सारांश
- बायर्न म्युनिख र बायर लेभरकुजेनको खेल १-१ गोलको बराबरीमा टुङ्गियो, जसमा दुई खेलाडी रातो कार्ड खाएर बाहिरिए।
- लेभरकुजेनका लागि अलेक्स गर्सियाले गोल गरे भने लुइस डियाजले बायर्नका लागि बराबरी गोल फर्काए।
- खेलको अन्तिम समयसम्म गोल, रातो कार्ड र VAR निर्णयले खेललाई रोमाञ्चक बनायो, र बायर्नले च्याम्पियन्स लिगको तयारी गर्दैछ।
लेभरकुजेन । जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले बायर लेभरकुजेनविरुद्धको निकै तनावपूर्ण र नाटकीय खेलमा बराबरी खेल्दै अंक बाँडेको छ। दुई खेलाडीले रातो कार्ड खाएर मैदान बाहिरिनु परे पनि बायर्नले लेभरकुजेनलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो।
बे एरिनामा भएको यस खेलमा गोल, रातो कार्ड र भिएआरको निर्णयले खेललाई अन्तिम समयसम्म रोमाञ्चक बनाएको थियो। खेलको छैटौँ मिनेटमै अलेक्स गर्सियाले गोल गर्दै घरेलु टोली लेभरकुजेनलाई अग्रता दिलाएका थिए। उनले प्रहार गरेको बल बायर्नका डिफेन्डर जोनाथन टाहलाई लाग्दै गोलरक्षक स्वेन उलरिचलाई छक्याएर जाली चुमेको थियो।
बायर्नका लागि जोनाथन टाहले नै बराबरी गोल फर्काए पनि ह्यान्डबलका कारण त्यसलाई मान्यता दिइएन। खेलको पहिलो हाफमै निकोलस ज्याक्सनले मार्टिन टेरियरमाथि खराब ट्याकल गरेपछि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो।
टोली दबाबमा परेपछि प्रशिक्षक भिन्सेन्ट कम्पनीले चोटमुक्त भएर फर्केका ह्यारी केनलाई मैदान प्रवेश गराए। तर, बायर्नका लागि बराबरी गोल भने लिभरपुलका पूर्व फरवार्ड लुइस डियाजले गरे। खेलको ३८ औँ मिनेटमा माइकल ओलिसेको पासमा डियाजले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा खेल झन् तनावपूर्ण बन्यो। खेल सकिन ६ मिनेट बाँकी छँदा डियाजले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई छक्याउने क्रममा डाइभ हानेको भन्दै रेफ्रीले दोस्रो पहेलो कार्ड देखाएपछि बायर्न ९ खेलाडीमा झरेको थियो।
खेलको इन्जुरी समयमा लेभरकुजेनले दुई पटक बललाई जाली चुमाए पनि दुवै पटक भीएआर र रेफ्रीले गोलको मान्यता दिएनन्। जोनास होफम्यानले चिप मार्फत गरेको गोल अफसाइड देखियो भने क्रिस्चियन कोफानेले गरेको गोलमा गोलरक्षक उलरिचको हातमा बल भइसकेको अवस्थामा खोसिएको भन्दै रद्द गरियो।
यो बराबरीपछि पनि बायर्न म्युनिख दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडि छ। लिगमा अब ८ खेल मात्र बाँकी छ।
अब बायर्नले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न बुधबार एटलान्टाको सामना गर्दैछ। लेभरकुजेनले भने मंगलबार प्रिमियर लिग लिडर आर्सनलसँग प्रतिस्पर्धा गर्न लन्डन यात्रा गर्नेछ।
लेभरकुजेनका लागि यो खेल शीर्ष चारमा उक्लने मौका भए पनि बराबरीले उसलाई छैटौं स्थानमै सीमित राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण