राजनीति
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु
आइतबार, ०१ चैत २०८२, १२ : ४२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक वनस्थलीमा सुरु भयो।
- पार्टी सभापति रवि लामिछाने स्वास्थ्यका कारण भर्चुअल रूपमा बैठकमा जोडिएका छन्।
- आजको बैठकले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल तरिकाबाट जोडिएका छन् ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण