देशभर छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु
सारांश
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
- धनुषा, मोरङ, अर्घाखाँची र सर्लाहीमा भएका दुर्घटनामा मोटरसाइकल चालक, ट्याक्टर चालक र साइकलयात्रीको मृत्यु भयो।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। धनुषा, मोरङ, अर्घाखाँची र सर्लाहीमा भएका यी दुर्घटनामा दुईजना मोटरसाइकल चालक, एकजना ट्याक्टर चालक र एकजना साइकलयात्रीले ज्यान गुमाएका हुन्।
धनुषाको सबैला नगरपालिका–९ स्थित सडकमा सोमबार बिहान मोटरसाइकललाई गाडीले ठक्कर दिँदा ३० वर्षीय सरोज यादवको मृत्यु भएको छ। २६७७ नम्बरको मोटरसाइकललाई ०१०४ नम्बरको गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।
यस्तै, मोरङको जहदा गाउँपालिका–१ भुटाहामा भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षीय श्रवण राजवंशीको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कोलडाँडामा लु ५ त १७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक पन्तराम चौधरीको ज्यान गएको छ। कपिलवस्तु घर भएका ४० वर्षीय चौधरीको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सर्लाहीको कविलासी नगरपालिका–८ मा सोमबार बिहान मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ६५ वर्षीय राम नरेश महतोको मृत्यु भएको छ। ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण