नयाँ र पुराना दललाई प्रश्न : समानुपातिकमा मधेसी दलितको स्थान शून्य किन ?
सारांश
- आजपा अध्यक्ष प्रभु साहले समानुपातिक सूचीमा मधेसी दलित समुदायलाई शून्य स्थान दिएकोमा प्रश्न उठाए।
- उनले मधेसी दलितप्रतिको विभेदलाई सामाजिक विभेद र दुर्भाग्यपूर्ण भनेका छन्।
- साहले नयाँ र पुराना दलहरूले मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको आरोप लगाए।
काठमाडौँ । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेसी दलित समुदायलाई शून्य स्थान किन भन्दै नयाँ र पुराना दलहरूसँग प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेसी दलित समुदायलाई शून्य स्थान दिनुलाई सामाजिक विभेद र दुर्भाग्यपूर्ण घटना भएको उनले बताएका छन् ।
‘नयाँ पार्टी र पुराना पार्टीमा किन कुनै अन्तर देखिएन ? दलितमा पनि बढी अपहेलित मधेसी दलितप्रतिको यो विभेदले निर्वाचन प्रणाली र पुरै संवैधानिक व्यवस्था माथि नै प्रश्न खडा गरेको छ । यो विभेद देशकै लागि दुर्भाग्य हो,’ आजपा अध्यक्ष साहले भनेका छन् ।
दलित समुदायभित्र पनि अझ बढी अपहेलित मधेसी दलितलाई पूर्ण रूपमा बेवास्ता गर्नु सामाजिक न्याय र समावेशी लोकतन्त्रको सिद्धान्त विपरीत भएको उनले जनाएका छन् ।
साथै उनले नयाँ दल र पुराना दलबिच कुनै फरक नदेखिएको उल्लेख गर्दै, सबैले मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको बताए । साहका अनुसार, यो विभेदले देशको लोकतान्त्रिक अभ्यास र संवैधानिक संरचनामाथि गम्भीर चुनौती खडा गरेको छ ।
अध्यक्ष साहले सबै राजनीतिक दललाई मधेसी दलितको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै, राज्यका सबै निकायमा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्न जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण