इरानद्वारा आफ्ना विश्वकपका खेलहरू अमेरिकाबाट मेक्सिको सार्न प्रस्ताव
सारांश
- इरानी फुटबल महासंघले सुरक्षाको कारण देखाउँदै विश्वकपका खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न प्रस्ताव गरेको छ।
- इरानका फुटबल संघका अध्यक्ष मेहदी ताजले अमेरिकामा सुरक्षाको चुनौती रहेको बताएका छन्।
- अमेरिका र इरानबीचको बढ्दो तनावका कारण इरानले यो निर्णय लिएको हो।
काठमाडौँ । इरानी फुटबल महासंघले सुरक्षाको कारण देखाउँदै आसन्न विश्वकप फुटबलका आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग प्रस्ताव गरेको छ ।
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई उद्धृत गर्दै अमेरिका नजाने स्पष्ट पारेका हुन्।
उनले लेखेका छन्, 'जब ट्रम्पले स्पष्ट रूपमा इरानी राष्ट्रिय टोलीको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताएका छन्, तब हामी पक्कै पनि अमेरिका जाने छैनौँ।' उनले इरानका खेलहरू मेक्सिकोमा खेलाउन फिफासँग हाल निरन्तर छलफल भइरहेको जानकारी दिएका छन्।
पछिल्लो समय अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ। गत हप्ता मात्रै अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा हवाई आक्रमण गरेका थिए।
उक्त घटनापछि इरानका खेलकुदमन्त्रीले आफ्ना खेलाडीहरूलाई अमेरिकामा हुने यस प्रतियोगितामा सहभागी गराउन असम्भव रहेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण