रौतहटमा हावाहुरीको ताण्डव: सयौँ बिघाको केरा र मकै बाली सखाप
सारांश
- सोमबार राति रौतहटमा आएको हावाहुरीले किसानको केरा र मकै बालीमा क्षति पुर्यायो।
- चन्द्रपुर नगरपालिकाको गैडाटार क्षेत्रमा केरा खेती र अन्यत्रको मकै बालीमा ठूलो क्षति भयो, जसले किसानलाई निराश बनायो।
- मकै बालीमा पनि हावाहुरीको असर उस्तै देखियो, उत्पादनमा गिरावट आउने निश्चित छ र किसानहरू क्षतिपूर्तिको प्रतीक्षामा छन्।
रौतहट । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई मर्माहत बनाएको छ। करिब दुई घण्टासम्म चलेको तीव्र गतिको हुरीले जिल्लाको उत्तरी भेगमा ठूलो धनमालको क्षति पुर्याएको छ। विशेषगरी चन्द्रपुर नगरपालिकाको गैडाटार क्षेत्रमा लगाइएको केरा खेती र आसपासका क्षेत्रको मकै बाली हुरीले सोत्तर बनाएपछि किसानहरूको बिचल्ली भएको हो।
स्थानीयका अनुसार पाक्ने बेला भएका केराका बोटहरू जरैदेखि उखेलिएका छन् भने कतिपय बीचैबाट भाँचिएका छन्। सयौँ बिघामा फैलिएको व्यावसायिक केरा खेती नष्ट हुँदा किसानको लाखौँको लगानी बालुवामा पानी भएको छ। स्थानीय काजीमान माझीका अनुसार पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा पुगेका छन्।
_1R08c00adC.jpg)
हावाहुरीको असर मकै बालीमा पनि उस्तै देखिएको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडाहरूमा लगाइएको मकै बालीमा हुरीले ठूलो क्षति पुर्याएको छ।
घोगा लाग्ने महत्वपूर्ण समयमा मकैका बोटहरू ढलेपछि यस वर्ष उत्पादनमा भारी गिरावट आउने निश्चित भएको छ। वृन्दावन नगरपालिका–१ मा मात्रै करिब २०० बिघा क्षेत्रफलको मकै बाली नष्ट भएको प्रारम्भिक अनुमान छ। स्थानीय किसान प्रेमशंकर यादवले मलखादको अभाव र मौसमको अनिश्चितता झेल्दै हुर्काएको खेती भित्र्याउने बेलामा प्रकृतिले ठगेको भन्दै गुनासो गरे।
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलले हावाहुरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको पुष्टि गरेका छन्। हाल सबै क्षेत्रबाट क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको र प्रारम्भिक रिपोर्टले किसानलाई ठूलो नोक्सानी भएको देखाएको उनले बताए।
प्राकृतिक विपत्तिले हरेक वर्ष किसानलाई सास्ती दिने गरे पनि राज्यबाट उचित क्षतिपूर्ति र राहत नपाउँदा यस क्षेत्रका किसानहरू खेतीपातीबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै आक्रोशित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण