इरान युद्धको प्रभावले अमेरिकामा डिजेलको औसत मूल्य बढ्याे
सारांश
- अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य प्रति ग्यालन ५ डलर नाघेको छ, जुन दोस्रो पटक हो।
- इरानमा अमेरिका र इजरायलको द्वन्द्वका कारण इन्धन आपूर्तिमा कमी हुँदा मूल्य बढेको हो।
- विशेषज्ञहरूले डिजेलको मूल्य वृद्धिले विश्वको आर्थिक गतिविधिमा ढिलाइ ल्याउन सक्ने चेतावनी दिएका छन्।
काठमाडौँ । अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य सोमबार प्रति ग्यालन ५ डलरमाथि उक्लिएको छ । डिजेलको मूल्य यस स्तरमा पुगेको यो दोस्रो पटक हो ।
इरानमा अमेरिका र इजरायलको आक्रमणपछि पश्चिम एसियाभर द्वन्द्व चर्किरहेको समयमा औद्योगिक इन्धनको आपूर्ति सिमित हुँदा भाउ बढेको हो ।
इन्धन बजार ट्र्याक गर्ने ग्यासबडीका अनुसार, अमेरिकामा डिजेलको राष्ट्रिय औसत मूल्य सोमबार प्रति ग्यालन ५ डलरमाथि पुगेको छ । यसअघि २०२२ को डिसेम्बरमा डिजेलको खुद्रा मूल्य यस स्तर माथि गएको थियो । त्यतिबेला रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व तेल बजार प्रभावित हुँदा सोको असर अमेरिकामा समेत पोखिएको थियो ।
डिजेल मूल्यमा आएको यस प्रकारको वृद्धि विश्वको आर्थिक गतिविधिमा ढिलाइ ल्याउन सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन् । डिजेल उत्पादन र ढुवानीमा व्यापक रूपमा प्रयोग हुने इन्धन हो ।
उत्पादन र ढुवानी लागत बढ्दा अन्ततः उपभोक्तासम्म मूल्य वृद्धि पुग्ने सम्भावना रहन्छ । पश्चिम एसियामा विशेष गरी अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि गरेको सैन्य कारबाहीले विश्वको डिजेल आपूर्ति शृङ्खलामा ठुलो असर पारेको छ ।
स्ट्रेट अफ हर्मुजमा इरानको लगभग पूर्ण नाकाबन्दीले विश्वव्यापी समुद्री डिजेल आपूर्तिको २० प्रतिशतसम्म प्रभावित भएको छ । साथै, एसियाली रिफाइनरीहरूमा मध्यपूर्व कच्चा तेलको प्रवाह घटेसँगै उत्पादनमा कटौती भएको छ, जसले डिजेल उपलब्धतामा थप असर पुर्याएको छ ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरूले रणनीतिक भण्डारबाट तेल निकाल्ने जस्ता कदमहरू उठाए पनि हालसम्म मूल्य वृद्धिलाई खासै असर पारेको छैन । सोही क्रममा अमेरिकी औसत पेट्रोल मूल्य पनि ग्यालनकै ३ डलर ७६ सेन्ट ग्यालन पुगेको छ ।
अमेरिकामा पेट्रोलको भाउ २०२३ को अक्टोबरयताकै उच्च स्तरमा उक्लिएको छ । ग्यासबडीमा पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डे हानका अनुसार, जबसम्म स्ट्रेट अफ हर्मुजमा तेलको प्रवाह पर्याप्त रूपमा पुनः सुरु हुँदैन, तबसम्म इन्धन मूल्यमा बढ्दो दबाब कायम रहन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण