बुधबारदेखि काठमाडौँमा सहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै
सारांश
- एन्फाले चैत ४ गते काठमाडौँमा सहिद स्मारक एन्फा महिला लिग सुरु गर्दैछ।
- लिगमा ९ वटा टोलीको सहभागिता रहने छ, जसमा एपीएफ, बागमती, चर्च ब्वाइज लगायत छन्।
- उद्घाटन खेलमा एनआरटी र सङ्कटा तथा आर्मी र झापा एफसी भिड्नेछन्।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते बुधबारदेखि काठमाडौँमा सहिद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ । वैशाख १२ गतेसम्म ललितपुरस्थित च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको हो ।
लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यूरोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बिच फुटबल, सङ्कटा क्लब र त्रिभुवन आर्मी एफसीको सहभागिता रहनेछ । सहभागी ९ वटै टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नजिता आफ्नो पक्षमा पार्ने दाबी समेत गरेका छन् ।
उद्घाटन खेल अघि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि म्याच कन्फ्रेन्समा सहभागी टिमका प्रशिक्षक र कप्तानहरूले खेलाडीहरू लिगका लागि तयार रहेको र नजिता आफ्नो पक्षमा पार्ने गरी सुरु देखि नै अन्य टिमलाई दबाब दिएर खेल्ने समेत बताएका थिए ।
बुधबार हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र सङ्कटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण