फागुनमा ह्वात्तै घट्यो विदेशी लगानी प्रतिबद्धता
सारांश
- चालु आर्थिक वर्षको फागुनमा ३८ करोड ६० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भयो।
- फागुनमा ३० वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ, जसमा अधिकांश साना उद्योग रहेका छन्।
- गत माघको तुलनामा फागुनमा विदेशी लगानी प्रतिबद्धतामा भारी गिरावट आएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनामा ३८ करोड ६० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार फागुनमा कुल ३० वटा उद्योगमा उक्त लगानी प्रतिबद्धता आएको हो।
विभागका अनुसार स्वचालित मार्गबाट २६ वटा उद्योगमा १८ करोड ७० लाख रुपैयाँ र स्वीकृति मार्गबाट ४ वटा उद्योगमा १९ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिनाको अवधिमा) भने कुल ५५४ वटा उद्योगमा ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा ८ वटा ठूला उद्योग, ८ वटा मझौला उद्योग र ५३८ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको हो । फागुन महिनामा मात्रै प्रतिबद्धता आएका सबै ३० वटा उद्योग साना प्रकृतिका हुन् ।
गत माघको तुलनामा फागुनमा विदेशी लगानी प्रतिबद्धतामा भारी गिरावट आएको छ । माघ महिनामा १ अर्ब ४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा फागुनमा घटेर ३८ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा सबैभन्दा बढी लगानी प्रतिबद्धता कृषि तथा वन पैदावरमा आधारित उद्योगमा ५४ प्रतिशत अर्थात् २१ अर्ब ९० करोड र त्यसपछि पर्यटन क्षेत्रमा २७ प्रतिशत अर्थात् ११ अर्ब प्राप्त भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण