दृष्टिविहीन विद्यार्थीले कोरेका पेन्टिङहरू प्रदर्शनीमा
सारांश
- टोखाको त्रियोग हाई स्कुलमा दृष्टिविहीन विद्यार्थीहरूले बनाएका पेन्टिङ प्रदर्शनी सुरु भएको छ।
- दृष्टिविहीन विद्यार्थीहरूले साथीहरूसँग मिलेर इच्छा, रहर र सपनाहरू चित्रमा उतारेका छन्।
- प्रदर्शनीमा नेपालको कला झल्किने चित्रकला र हस्तकलाका सामानहरू पनि राखिएका छन्।
काठमाडौं । दृष्टिविहीन विद्यार्थीले कसरी पेन्टिङ बनाउँछन् होला ? मनभित्रका रहरहरू चित्रमा कसरी पोख्छन् होला ? पेन्टिङ गर्दा उनीहरूले रंगहरूको छनोट र संयोजन कसरी गर्छन् होला ?
टोखाको त्रियोग हाई स्कुलमा प्रदर्शनीमा राखिएका चित्रकला हेर्दा यी प्रश्नको जवाफ सजिलै भेटिन्छ । दृष्टिविहीन विद्यार्थीले इच्छा, खान मन लागेका कुरा, रहर, सपना पेन्टिङमार्फत पोखेका छन् । कीर्तिपुरको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई पेन्टिङ बनाउन सघाएका थिए, त्रियोग हाई स्कुलका विद्यार्थीले ।
सुरुमा त्रियोग र ल्याबोरेटरी दुवै स्कुलका विद्यार्थीलाई साथी बनाउन लगाइयो । एक आपसमा घुलमिल भएपछि एक–अर्काका रुचि, चाहनाबारे बुझ्ने मौका मिल्यो । तिनै ल्याबोरेटरीका दृष्टिविहीन विद्यार्थीको रुचिलाई सोध्दै, हातमा हात समाउँदै त्रियोग हाई स्कुलका विद्यार्थीले चित्रलाई पूर्णता दिए । पेन्टिङ सिकाउन त्रियोग हाई स्कुल र ज्योति आर्टस् केयरको संयुक्त पहलमा एक दिने वर्कशप गरिएको थियो । विद्यार्थीहरूलाई पेन्टिङका लागि आवश्यक सरसामान उपलब्ध गराइएको थियो ।
‘विद्यार्थीहरूमा चित्रकलाप्रति हौसला बढाउन र प्रोत्साहन दिनका लागि दस दिने प्रदर्शनी राखिएको हो ।’ त्रियोग हाई स्कुलकी कला शिक्षक ज्योति खड्काले भनिन्, ‘पेन्टिङ तयार भएपछि विद्यार्थीहरूमा जुन उत्साह भेटियो, त्यसले मलाई एकदमै खुसी बनायो ।’ यस प्रकारको चित्रकला कार्यशालाले केवल सिर्जनात्मक सीप होइन, सामाजिक सद्भाव, आपसी सम्मान र स्वस्थ सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको खड्काले बताइन् ।
दृष्टिविहीनबाहेक त्रियोग हाई स्कुलका प्रिप्राइमरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थिले कोरेका मिथिला आर्ट, नेपालका कला झल्किने टुँडाल, आँखीझ्याललगायत वस्तु, वातावरण, हिमाल, पिकासो र भिन्सेन्ट भ्यानगगबाट प्रभावित चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन् । ‘हामीले कक्षामा पढाएका कुरा व्यवहारमा उतार्न यो विधि अपनाएका हौँ ।’ त्रियोगकी अतिरिक्त क्रियाकलाप प्रमुख (ईसीए इन्चार्ज) दीपा भट्टले भनिन्, ‘नेपालको कला झल्किने कुरा, वातावरण कसरी सफा राख्ने कुराको ज्ञान दिने हाम्रो उद्देश्य हो ।’
टोखाको त्रियोग हाई स्कुलमा २ चैतदेखि सुरु भएको पेन्टिङ प्रदर्शनी चैत ११ सम्म चल्नेछ । यस प्रदर्शनीमा खेर गएका र्यापिङ पेपर, कार्ड बोर्डलगायत वस्तुहरूको प्रयोग गरेर बनाइएका पेन्टिङ अवलोकन गर्न सकिन्छ । यस्तै स्टोन पेन्टिङ र हस्तकलाका सामानहरू समेत प्रदर्शनीमा राखिएका छन् ।
_KrYsqCsb9v.jpg)
_7Rq1mks3bR.jpg)
_hfMiKoEkpE.jpg)
_3hBAi6XDvE.jpg)
_YNLCQCz0kw.jpg)
_OfQRnjUk7V.jpg)
_weWEyrfgrz.jpg)
_B8lnQr3gWb.jpg)
_O9yd5Dpdrc.jpg)
_tmKNE7JDca.jpg)
_9aRk9nCRCQ.jpg)
_cIMemPG7pI.jpg)
_66PaygXQpe.jpg)
_vibAgLl6GO.jpg)
_UzFQm8MH50.jpg)
_ZDqrYGccSY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण