बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

भिनिसियसको दुई गोलमा रियल म्याड्रिडको सानदार जित, सिटी च्याम्पियन्स लिगबाट बाहिर

बुधबार, ०४ चैत २०८२, ०४ : ४७
बुधबार, ०४ चैत २०८२

सारांश

  • भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनले रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्यो।
  • म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भएपछि रियलले २-१ गोलले जित हासिल गर्यो।
  • पहिलो लेगमा ३-० को अग्रता बनाएको रियलले समग्रमा ५-१ को नतिजासहित जित निकाल्यो।

काठमाडौं  । स्टार फरवार्ड भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको राउण्ड अफ १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई २–१ ले स्तब्ध पार्दै रियलले अन्तिम ८ को यात्रा तय गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा म्यानचेस्टर सिटीले खेलको सुरुवातमै ठूलो दुर्भाग्य झेल्नुपर्‍यो । खेलको २० औं मिनेटमा बर्नार्डो सिल्भाले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा खुम्चिएको थियो । त्यसको लगत्तै २२ औं मिनेटमा पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

एक खेलाडी कम भए पनि सिटीले खेलमा उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो । खेलको ४१ औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, खेलको अन्तिम समयमा सिटीको रक्षापङ्क्ति सम्हालिन नसक्दा इन्जुरी समयमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

पहिलो लेगमा समेत ३–० को अग्रता बनाएको रियल म्याड्रिडले समग्रमा ५–१ को फराकिलो नतिजासहित अघिल्लो चरणको यात्रा तय गरेको छ । उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटी भने आफ्नै मैदानमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप